Rato Samachar
Mon, 2 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिनुभयो । “भू–गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन गरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्दैछौँ”, उहाँले भन्नुभयो, “आकस्मिक भू–तथा पहिरो नियन्त्रण कार्यक्रममार्फत राहुघाटको पहिरो रोकथाम गर्ने योजना छ ।”नाली बनाएर भल व्यवस्थापन गर्ने, गल्छी संरक्षण र वृक्षरोपण गरेर बायो इञ्जिनीयरिङ गरिने अधिकृत मिश्रले बताउनुभयो । राहुघाट सल्लेरी वनको पाखोबाट खस्ने पहिराका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ती जोखिममा परेको स्थानीय लक्ष्मण चालिसेले जानकारी दिनुभयो । यो पहिराका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सवारी साधन आवतजावतमा समस्या भएको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना निर्माणका क्रममा तीन वर्षअघि सडक विस्तार गरिएपछि करिब ६० मिटर लामो र ५० मिटर चौडा पाखो बग्न थालेको थियो । कमजोर भू–धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिएको मूलको पानीले भेल आएको र नजिकै राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका लगि बिस्फोटक पदार्थ पड्काउँदा भएको कम्पनले पहिरो आएको थियो । एक वटा घर पहिराले भत्किएको छ । बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दा गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन् । पहिरो गएपछि गलेश्वर–पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल–पिप्ले वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब
2

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

3

ज्यामिरे कप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

रातो समाचार संवाददाता
4

“जाँड”को च्यारिटी सो हेटौडामा

5

हेटौंडाको नगर बाल सञ्जाल पूनःगठन, बालबालिकाको गुनासो नबुझेको आरोप

रातो समाचार संवाददाता
6

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

7

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

8

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता
9

भान्सा नै औषधालय कार्यक्रम, दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण

रातो समाचार संवाददाता
10

हटौंडा-१२ वडा कार्यालयको पहल, स्थानीय दीर्घरोगीहरूलाई निःशुल्क औषधी



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology