हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) उम्मेद्वार प्रकाश गौतमले भारी मतान्तरले अग्रता बढाउँदै गएका छन् । शनिबार दिउँसो १२ बजेसम्मको प्राप्त नतीजा अनुसार नेकपा एमालेका रामेश्वर राना, नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डीना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामालाई भारी मतान्तरले पछि पार्दै अत्याधिक मतसहित अग्रता बढाउँदै गएका छन् ।
रास्वपाका प्रकाश गौतमले हालसम्म प्राप्त नतीजा अनुसार २२ हजार ४ सय १४ मत प्राप्त गर्दै ४ वटा दललाई अत्याधिक मतले पछि पारेका छन् । नेकपा एमालेका उम्मेद्वार रामेश्वर रानाले अहिले सम्म ४ हजार ७ सय २७ मत, नेपाली काँग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डीनाले ४ हजार ३ सय २० मत, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले ३ हजार ३ सय ८६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्राका) उम्मेद्वार दीपकबहादुर सिंहले २ हजार ६ सय १३ मतले प्राप्त गरेका छन् ।
मकवानपुर–१ मा कूल ९५ हजार ३ सय १० मत खसेकोमा ४१ हजार ६ सय १७ मत गणना हुँदा अन्य दल भन्दा १६ देखि १८ हजार मतले अग्रता बनाउँदै गएका छन् । मकवानपुर–१ म ५३ हजार ६ सय ९३ मत गणना गर्न बाँकी हुँदा १ हजार ५ सय ५९ मत भने बदर भएको छ । मकवानपुर–२ मा पनि रास्वपाकै उम्मेद्वार प्रशान्त उप्रेतीको अग्रता कायमै रहेको छ ।
हाल सम्मको नतीजा अनुसार रास्वपाकै दुबै क्षेत्रमा जीत हुने देखिएको छ । दुबै क्षेत्रमा ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर–१ म दलीय र स्वतन्त्रगरी २३ जना र मकवानपुर–२ मा २१ भ्ने २१ जनागरी कूल ४४ जना उम्मेद्वार रहेका थिए । मकवानपुर जिल्लाको सबै स्थानीय तहहरुको मत गणना हेटौंडा–४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको ए ब्लर र बी ब्लकमा जारी रहेको छ ।


















प्रतिक्रिया दिनुहोस्