
हेटौंडा । छिमेकी मूलूक भारतका स्नेक एक्सपोर्ट बापीदा हेटौंडामा आइपुगेका छन् । भारतस्थित झारखण्डका स्नेक एक्सपोर्ट आइतबार लालरत्न मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन मिडिया रातो समाचार डटकम अनलाइनका राजेश थापा (गरिबलाई) भेट गर्नका लागि आइतबार हेटौंडा आइपुगेका हुन् । आइतबार हेटौंडामा आएका वापीदालाई अनलाइनका गरिब सहित संवाददाता रोहित थापा र रोशन दीप थापाले स्वागत गरेका छन् ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै स्नेक एक्सपोर्ट वापीदाले आफ्नो युट्युब च्यानलमार्फत सर्पदंशको समयमा सम्बन्धी व्यक्तिलाई कसरी बचाउन सकिन्छ र उनीहरुलाई कुन औषध दिइने भन्ने विषयमा भिडियो बनाउन गरेको बताए । उनले आफूले सर्पदंश सम्बन्धीको उपचारका लागि झारखण्डमा अस्पतालमा पनि खोलेको बताए । पत्रकारितासँग सर्प उद्दारमा पनि क्रियाशिल रहेका रोशन थापा दीप र राजेश गरिबसँग भेटघाट हुँदा खुशी व्यक्त गरेका थिए । यस्तै, स्नेक एक्सपोर्ट वापीदाले वन कार्यालयका पदाधिकारीहरुसँग पनि भेटघाट गरेका थिए ।
रातो समाचारका संवाददाता रोहित थापाले वापीदासँग सर्पको प्रजातिको बारेमा, सर्पदंशको बारेमा र सर्पको कारण हुने फाइदाको बारेमा प्रश्न गरेका थिए । वापीदा सहित हेटौंडामा ३ जना सर्पको उद्दाकर्ता पनि हेटौंडामा आइपुगेका थिए ।स्वागत कार्यक्रम नेकपा माओवादी निकट प्रेस संगठन प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा र सेवा, सहयोग र आवाजममा हामी संस्थाका अध्यक्ष विशालराज महतोको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्