Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताउनुभयो । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उहाँले भन्नुभयो, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।” अटो रिक्सा चलाएर पाँच जनाको परिवारको जीविकोपार्जन गर्दै आउनुभएका श्रेष्ठले सरकारले विद्युत् आपूर्ति नियमित नगरे भोकै बस्नुपर्ने स्थिति सिर्जना हुने बताउनुभयो । विगतमा दैनिक सात घण्टा काम गरेर रु तीन हजार आम्दानी गर्दै आउनुभएको उहाँले हाल सात÷आठ सयमा चित्त बुझाउनुपरेको बताउनुभयो । श्रमिक, साना, ठूला उद्योग र आमसर्वसाधारण नियमित विद्युत् नहुँदा आमउपभोक्ता समस्यामा परेका छन् । एक हप्तादेखि अत्यधिक गर्मी बढ्नु र विद्युत् आपूर्ति ठप्प हुँदा उपभोक्ता मारमा परेका छन् । आज बिहान नेपाल विद्युत् प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै नेकपा (एमाले) ले वितरण केन्द्र घेराउसहित मागपत्र बुझाएको छ । एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताको नेतृत्व गर्दै प्राधिकरणमा मागपत्र बुझाउनुभएको हो । उहाँले मागपत्रमा छिनछिनमा विद्युत् आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो । प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिलकुमार महतोले आगामी दुई दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले गर्मी याममा सिँचाइ, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको जानकारी दिनुभयो । एमालेका नगर अध्यक्ष राजु कार्कीले प्रतिबद्धताअनुरूप दुई दिनभित्र विद्युत् आपूर्ति नियमित हुन नसके प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology