भारत– कलकत्ता स्थित बर्दवान मेडिकल कलेजको कोविड वार्डमा शनिबार आगलागी हुँदा कोभिड उपचारमा रहेकी ७० वर्षीया संक्रमित सन्ध्या मण्डलको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ४ बजे कोरोना युनिटमा आगलागी भएको र कोभिड युनिटमा भर्ना गरिएको ७० वर्षीया महिलाको मृत्यु भएको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

भारतिय सञ्चार माध्यमले जनाए अनुसार पहिले कोरोना विरामीको आफन्तले आगोको आगो देखेर, अन्यलाई जानकरी गराएको र दमकल पुग्नुअघि नै अस्पतालका कर्मचारीले आगो नियन्त्रणमा लिएका थिए ।

आगो फैलिएको देखेपछि सुरक्षाकर्मी र अन्य कर्मचारी लगायतलृ आएर आगो निभाउने प्रयास गरेपछि दमकल आइपुग्दा आगो नियन्त्रणमा आएको थियो ।

परिवारले भने अनुसार बिरामीको ओछ्यानमा आगो लागेका कारण जलेर महिलाको मृत्यु भएको र तत्काल वार्डमा छिर्ने अनुमति नपाएकाले मृत्युभएको गुनासो गरेका छन् ।

आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिने भारतिय प्रहरीले जनाएको छ ।