Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पूर्वजले बनाए चौतारी , सन्ततिले सिँगारे

बागलुङ, ४ साउन (रासस) ः उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो । मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन । यस्तो बेला गलकोट नगरपालिका–७ मल्म, टोक्रीका स्थानीयवासीले देउरालीको पुरानो चौतारी पुनःनिर्माणको सोच बनाए । त्यसको अगुवाइ राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले ग¥यो । बाउबाजेले बनाएको चौतारी जीर्ण भएर अस्तित्व नामेट हुने स्थितिमा पुगेपछि गाउँलेहरु चौतारी जोगाउन जुर्मुराए । जापानमा बस्ने काजी खलकका रामबहादुर थापाले चौतारी पुनःनिर्माणमा लाग्ने सबै खर्च पठाउनुभयो । उहाँका परिवारजनसहित स्थानीय मिलेर चौतारीलाई नयाँ रुप दिइछाडे । केन्द्रका अध्यक्ष विष्णु थापाका अनुसार रामबहादुरले पठाएको रु दुई लाख ३७ हजार ७७७ बाट चौतारी पुनःनिर्माण गरिएको हो । “ठ्याक्कै देउरालीको चौतारी कहिले र कस्ले बनाएको भन्ने यकिन हुन सकेन, पितापुर्खाले दुई÷तीन सय वर्षअघि निर्माण गरेको हुन सक्ने बूढापाका बताउँछन्”, अध्यक्ष थापाले भन्नुभयो, “ढुङ्गा नकुँदी चौतारी चिनिएकाले औजार बन्नुभन्दा पहिले नै बनाइएको अनुमान पनि लगाउने गरिन्छ ।” त्यस क्षेत्रमा खेतीपाती तथा पशुपालन बढी हुने भएकाले किसानले चौतारी र पोखरी धेरै निर्माण गरेका थिए । छिमेकी गाउँ पाण्डवखानी, रमुवा, रणसिँहकिटेनी, खोलाखर्कलगायत पश्चिम बागलुङ छिर्ने गोरेटो बाटोमा पर्ने भएकाले देउरालीको चौतारी उन्ताकादेखि नै चल्तीमा थियो । एक हजार ८०० मिटरको उचाइमा अवस्थित चौतारीको बीचमा ठिङ्ग उभिएको लाँकुरीको बोटले पदयात्रीलाई अहिले पनि उसैगरी लोभाइदिन्छ । पुनःनिर्माणपछि चौतारी झनै चिटिक्क परेको छ । “चौतारीको नामोनिसान नै जान्छ कि भन्ने डर थियो, गाउँको सम्पदा र संस्कृति जोगाउन सफल भइयो”, केन्द्रका अध्यक्ष थापाले भन्नुभयो, “वडा कार्यालय र दातासँग मिलेर यहाँका अरू चौतारी र पोखरीको पनि संरक्षण गर्छौं ।” देउरालीको चौतारी पुनःनिर्माणमा सघाएर काजी परिवारले पुण्यको काम गरेको उहाँको भनाइ छ । पुनःनिर्मित चौतारी गत साता समुदायलाई हस्तान्तरण गरिएको थियो । त्यसबेला स्थानीयले भजनकीर्तनसहित खुसी साटासाट गरेका थिए । सहयोगदाता रामबहादुरले यसअघि पनि गाउँमा पदमार्ग निर्माण, विद्यालयमा अक्षयकोष स्थापनालगायत सामाजिक सेवामा योगदान दिँदै आउनुभएको छ । उहाँ गलकोट समाज जापान, नागोयाका अध्यक्षसमेत हुनुहुन्छ । सोही वडाका दिवङ्गत हर्कबहादुर परियारले सन्तान लाभ हुने विश्वासमा धेरै पहिला घरअघि चौतारी चिन्नुभएको थियो । उहाँका नाति ईश्वरका अनुसार हजुरबुबाले चौतारी र पोखरी बनाएपछि संयोगवश छोराछोरी पनि जन्मे । हर्कबहादुर भारतीय सेनामा काम गर्नुहुन्थ्यो । “हाम्रो समुदायमा हजुरबुबा नै सेनामा जागिर खाने पहिलो व्यक्ति हुनुहुन्थ्यो, उहाँले त्योबेला गाउँमा पोखरी, चौतारी निर्माण गर्नुभएको थियो”, नाति ईश्वरले सुनाउनुभयो । समय बित्दै जाँदा हजुरबुबाले बनाएको चौतारी जीर्ण बनेपछि आफूहरु तीन भाइ मिलेर चौतारी पुनःनिर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । “बाउबाजेले बनाएको चौतारी जोगाउनुपर्छ भन्ने लाग्यो, यसलाई सामाजिक दायित्वका रुपमा पनि लियौँ”, ईश्वरले भन्नुभयो, “झन्डै दुई लाख खर्चेर चौतारी पुनः निर्माण गरेका हौँ ।” अहिले डाँडाघरको उक्त चौतारी चिटिक्क परेको छ । हर्कबहादुरका नाति ईश्वर, बाबुराम र प्रशान्त मिलेर चौतारी पुनःनिर्माण गर्नुभएको हो । यी त चौतारी संरक्षणमा लिइएका पहलका दुई नमूना मात्र हुन् । पछिल्लो समय इतिहास र संस्कृतिसँग जोडिएका पाटीपौवा, चौतारी, पोखरी आदि संरक्षणमा चेत जागेको छ । कहीँ जनस्तरबाट त कतै राज्यका निकायले पनि यस्ता सम्पदाको संरक्षणमा चासो देखाउन थालेका छन् । आफ्ना पूर्वजले बनाएका त्यस्ता संरचना जोगाउनेतिर सन्नतिको ध्यान गएको छ । दिवङ्ग स्वजनका नाममा नयाँ चौतारी बनाउने चलन पनि छ । कतिपय स्थानीय तहले त चौतारी र पोखरी संरक्षणको अभियान नै चलाएका छन् । गलकोट–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाको पदभारग्रहणपछिको पहिलो निर्णय नै वडाभित्रका पोखरी र चौतारी संरक्षण गर्ने थियो । उहाँले पाँचवर्षे कार्यकालमा वडाभित्रका ७७ पोखरी संरक्षणको योजना ल्याउनुभएको छ । त्योसँगै उपयोगमा आउने चौतारी पुनःनिर्माणमा पनि लगानी गरिने वडाध्यक्ष थापाको भनाइ छ । पोखरी र चौतारी जोगाउँदा जल प्रणाली तथा पर्यावरणमा टेवा पुग्ने उहाँले बताउनुभयो । चौतारीमा लगाइने वरपीपलले छहारी मात्रै प्रदान नगरेर सबैभन्दा बढी अक्सिजन पनि दिन्छन् । वरपीपलका पात र बोक्रामा औषधीय गुण पनि हुने जानकारहरु बताउँछन् । “पाटीपौवा, सत्तल र चौतारा हाम्रा गाउँका सम्पदा हुन्, पुर्खाले छोडेका चिनो हुन्, यिनको संरक्षण नगरे इतिहासको कडी पनि टुट्छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “संरक्षणमा सबैको हातेमालो चाहिन्छ, पुनःनिर्माण गर्दा मौलिकता नबिग्रने गरी पुरानै स्वरुपमा गर्नुपर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology