रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा पातञ्जल योग समिति नेपाल मकवानपुरले आयोजनामा ११औँ योग दिवसलाई लक्षित गरि गरेको मानसिक स्वास्थ उत्प्रेरणा सत्मार्ग कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मी कँडेलको सभाध्यक्षता र ११ नं वडाकी अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा मङ्गलबार गरिएको सो कार्यक्रममा ब्रह्माकुमारका विजय राज सिग्देलले योगको प्रशिक्षण दिएका हुन् ।

५० जना भन्दा बढी सहभागीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।