पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर मौजेबाट लागु औषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले सोही स्थानमा बस्ने अन्दाजि ६० बर्षका गणेश साह र उनका ३४ बर्षीय छोरा संतोष साह कलवारलाई पक्राउ गरेको हो ।

लागु औषध गाँजाको कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा खानतलासी गर्दा कलवारले आफ्नै घरको पुर्व पट्टीको कोठामा खाट मुनी लुकाई छिपाई राखेको ७४ किलो लागुऔसध गाँजा फेला परिएको पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।

प्रवक्ता डिएसपी खनालले जानकारी दिए अनुसार उनिहरुलाई लागुऔषध सम्बन्धि कसुरमा अनुसन्धान
अगाडी बढाइएको छ ।