भारतसँग सीमा जोडिएका कपिलबस्तुका सबै नाका दुई दिनका लागि बन्द हुने भएका छन् । यही फागुन १९ गते सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना बन्द हुने कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।

निर्वाचन सकिनु ४८ घण्टा पूर्व १ मार्च अर्थात फागुन १७ गते बेलुका ६ बजे पछि सुरक्षाका लागि नेपाल भारत आवतजावत गर्न सीमा बन्द हुने उहाँले बताउनुभयो ।

टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् । नेपालबाट प्रवेश रोकिने छ । त्यस अवधिमा ईमर्जेन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने उहाँको भनाइ छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो