बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट.ए. साइड फुटबल प्रतियोगिताको चौँथो खेलमा भेट्रान्स चितवन भेट्रान्स काठगमाडौँ सँग पराजित भएको छ । आज बुधबार हेटौंडा–७ नावस्वती स्थित नवज्योति खेल मैदानमा भएको चौथो खेलमा भेट्रान्स काठगमाडौं सँग भेट्रन्स चितवन ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित भएको हो । निधारत समयमा १–१ गोलको बराबरीमा रोकिएर खेलमा ट्राइबे्रकरमा पुगेको थिए । चितवनको तर्फबाट बिरेन्द्र पाण्डेले पहिलो हाफको १६ औँ मिनेटमा १ गोल र भेट्रान्स काठमाडौं तर्फबाट नरेश श्रेष्ठले पेनाल्टी मार्फत १ गोल गरेका थिए । अबको खेल आयोजक नागस्वती भेट्रान्स बि र हेटौंडा भेट्रान्स बिच हुनेछ ।
खेलको म्यान अफ द म्याच विजेता टिम काठमाडौंको तर्फबाट तुलसी बैजु घोषित भए ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले २ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ सहित ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुको लागि समेत पुरष्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिए । फाइनल खेल असोज २० गते ३ बजे हुनेछ ।























प्रतिक्रिया दिनुहोस्