Rato Samachar
Sun, 19 July, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति राष्ट्रिय समाचार

दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छः मन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उहाँले अपराध नियन्त्रणसँगै दण्ड सजयालाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पु¥याउनुपर्छ ।” समय अनुकूल दण्ड सजायलाई परिमार्जन गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “दण्ड सजाय पाएका व्यक्तिहरुलाई समाजको विकासमा प्रयोग गर्न सक्नुपर्छ ।” अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धालाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उहाँको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताउनुभयो । कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनहरुमा हुने गरेका अपराधहरु घरपरिवार, चिनजान भएका व्यक्ति र आफन्तहरुबाट बढी हुने गरेको बताएका थिए । हेटाँैडाका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नका लागि अपराध अनुसन्धानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उहाँले समाज जटिलतातर्फ जाँदै गरेको बताउनुभयो । साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उहाँले बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले समयअनुसार अपराधका प्रकृति र प्रवृत्तिमा परिवर्तन आउने भए पनि नेपालमा एक्कासि परिवर्तन देखिएको बताउनुभयो । पछिल्लो १५ वर्षमा अपराधमा परिवर्तन आएको बताउनुभयो । उहाँले भन्नुभयो, “चोरीका घटनाबाहेक ९० प्रतिशत अपराधी पहिचानका क्रममा अनुसन्धान घरपरिवार, स्टमित्र र चिनजानका मान्छेतिर जाने गरेको छ ।” परिवारबाटै अपराधका घटना हुने गरेकाले अहिलेका घटनालाई सामाजिक अपराध भनेर अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ थियो । जिल्ला न्यायाधीश रिपेन्द्र थापाले अपराधको अनुसन्धानमा अधिकृत स्वतन्त्र हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अभियोजनकर्ता स्वतन्त्र, न्यायाधीश स्वतन्त्र हुन्छ तर अनुसन्धानकर्तालार्ई दबाबमा किन पारिन्छ ?” अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा जे भेटिन्छ त्यो सरकारी वकिलकामा लैजान्छु भन्नेमा लाग्नुपर्छ । अनुसन्धान अधिकृतले अध्ययन गर्ने बानी बसाल्न सकेमा अपराधीले उन्मुक्ति पाउन नसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, उच्च सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ लगायतले बिना दबाब स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री

रासस मकवानपुरकी संवाददाता अञ्जली थापाको फिचर सर्वोत्कृष्ट

रातो समाचार संवाददाता

स्थापना दिवसको अवसरमा संस्कृत विद्यालयमा वाटर प्युरिफायर स्थापना

रातो समाचार संवाददाता

निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न, ४३८ जनाले लिए सेवा

रातो समाचार संवाददाता

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

शुक्रबारदेखि प्रर्दशनमा आएको “गौँथली” दर्शकको रोजाइमा

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

प्राकृतिक सम्पदा हराउँदै जाँदा वातावरण संरक्षणमा चुनौती

रातो समाचार संवाददाता

सीपको कसी, समृद्धिको सपना : हेटौंडाको मौन आर्थिक क्रान्ति

रोहित थापा क्षेत्री

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology