तुल्सी मेहर बोर्डिङ्गको मतदान गर्नका लागि व्यवस्था गरिएको मत पेटिका ।

हेटौंडा । हेटौंडा–१०,स्थित तुल्सी मेहर मेमोरियल बोर्डिङ स्कूलको स्कूल क्याप्टेनमा जेनिशा लोप्चन निर्वाचित भएकी छिन् । बोर्डिङले विद्यार्थी नेतृत्व चयनका लागि गरेको निर्वाचन कार्यक्रमबाट ४ सय मत प्राप्त गर्दै स्कूल क्याप्टेनमा जेनिशा लोप्चन निर्वाचित भएकी हुन् । शुक्रबार बिहान १० बजेबाट निर्वाचन सुरु गरेर २ बजे मतदान सम्पन्न गरिएको थियो । स्कूल क्याप्टेनका लागि ३ जना प्रतिस्पर्धी रहेको प्रमुख निर्वाचन अधिकृत सन्दीप न्यौपानले जानकारी दिएका छन् । लोप्चनका निकटम प्रतिद्वन्द्वी साहिमा गुरुङ्गले २ सय ३१ मत प्राप्त गर्दै पराजित हुँदा अर्का प्रतिद्वन्द्वी अनुराग विश्वकर्माले १ सय ३७ प्राप्त गर्दै पराजित हुनुपरेको थियो । यस्तै स्कूलको सहायक स्कूल क्याप्टेनमा रुबेन रुम्बा ५ सय ७७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सहायक स्कूल क्याप्टेनका आकांक्षी हन्सिना लम्सालले २ सय ३१ मतसहित पराजित हुनुपरेको थियो ।

निलो सदनको कप्तानमा समृद्धि पराजुली निर्वाचित भएकी छन् भने सहायक कप्तानमा नोरस्याङ लामा निर्वाचित भएका छन् । यस्तै, रातो सदनबाट दिलिसा बल क्याप्टेनमा र उपकप्तानमा प्रकृति मोक्तान निर्वाचित भएका छन् भने हरियो सदनबाट कप्तानमा कुसल गोले र उपकप्तानमा दिप्ती क्षेत्री निर्वाचित भएका छन् । पहेँलो हाउसको कप्तानमा श्रीयन्का सिल्वाल र उपकप्तानमा आयुस पट्टेल निर्वाचित भएका छन् ।

विद्यार्थी नेतृत्व चयनका लागि कक्षा–२ देखि कक्षा–१० सम्मका करिब ८ सय १० जना विद्यार्थी मतदान गरेको उनले बताए । विद्यार्थीलाई निवाचनको बारेमा बुझाउनका लागि आम निर्वाचनको तरिकाले उम्मेद्वारी दर्ता गराएको उनले बताए । प्रत्येक कक्षाबाट भोट माग्नका लागि २ दिनको समय छुट्याएको र मौन अवधी कार्यक्रमको पनि आयोजना गरेको उनले बताए ।
विद्यार्थीलाई मतदान सचेत नागरिकको कर्तव्य हो भन्ने कुरा बुझाउन, राम्रो विद्यार्थीको नेतृत्व चयन गर्न र प्रजातान्त्रिक कुराको बारेमा बुझाउन कार्यम गर्न लागेको उनले बताए ।

कक्षागत रुपमा शिक्षक र विद्यार्थीले मतदान गर्ने विषयमा जानकारी गराएको उनले बताए । स्कूलमा अध्ययन्तर मध्ये ७० प्रतिशत विद्यार्थीले निर्वाचनको बारेमा बुझ्ने अवसर प्राप्त गरेको उनले बताए । उनले बताए । निर्वाचनका लागि उम्मेद्वार, मतदान अधिकृत, सहायक अधिकृतको, मतगणना अधिकृत र सहायक मतगणना अधिकृतको व्यवस्था गरिएको उनले बताए । क्याप्टेन, सहायक क्याप्टेनमा निर्वाचितलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइने र निर्वाचित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी