Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

झापामा रबर उद्योगलाई अनुदान

प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ । धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो । उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा रु ४० लाख अनुदान प्रदान गरेको छ । सो अनुदानले उद्योगको मुख्य मेसिन खरिद गरिएको छ । परियोजनाले सो कृषि फार्मलाई उद्योगको मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानअन्तर्गत रु २७ लाख २५ हजार र घर निर्माणका लागि ८५ प्रतिशत अनुदानअन्तर्गत रु १२ लाख ७५ हजार प्रदान गरेको छ । कार्यालयका सूचना अधिकारी रवीन्द्र निरौलाले रबर उद्योगबाट गुणस्तीय गम, ग्लोब, बेलुन आदि बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो । उहाँले उद्योगमा करिब सातजना स्थानीयवासीलाई नौ महिनासम्म रोजगारीसमेत प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७८/०७९ मा रबर खेती गर्ने साना किसानलाई सहयोग पु¥याउने उद्देश्यले परियोजनाले साना किसान प्राकृतिक रबर उत्पादक सङ्घलाई रबर चोप सङ्कलन गर्ने सामग्री खरिदका लागि रु २० लाख र रबर डस्टिङ मेसिन खरिदका लागि रु पाँच लाख गरी रु २५ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा आव २०७५/०७६ बाट रबर जोन सञ्चालनमा आएसँगै रबर किसानलाई प्रोत्साहन र खेती प्रवद्र्धन गर्नका लागि विभिन्न उपकरण खरिद र नर्सरी स्थापनाका लागि अनुदान प्रदान गरिँदै आएको छ । चार वर्षमा परियोजनाले रबर जोनका लागि मात्र रु दुई करोड ११ लाख ५० हजार विनियोजन भएको रकममध्ये रु एक करोड ५७ लाख १७ हजार ८१० अनुदान प्रदान गरिसकेको छ । जसमध्ये रबर स्मोक हाउस निर्माणमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशतले अनुदान प्रदान गरिएको छ । झापामा करिब ५०० हेक्टर क्षेत्रमा रबर खेती हुँदै आएको छ । सामुदायिक वन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दसौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा थुप्रै रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रतिबिघा रु चार लाखसम्म बर्सेनि आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ । यसअघि कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर उद्योग सञ्चालनमा आएको छ । तीन हप्तादेखि परीक्षणका रूपमा सञ्चालन गरिएको उद्योगलाई चाँडै व्यावसायिकरूपमा लैजाने उद्देश्य रहेको सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो । काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर उद्योग स्थापना गरेका हुन् । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सोलुसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक सापकोटाको भनाइ छ । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सोलुसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो कच्चा पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology