चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट शान्तिपूर्ण  मतदान जारी रहेको छ । चितवनमा मतदाता मतदानमा उत्साहपूर्वक सहभागी रहेका छन ।

चितवन जिल्लाका  निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।  यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ ।यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदाता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए ।  गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि  लाइनमा बसेका हुन् ।

नागरिक न्युजबाट साभार छ ।