हेटौंडा । गायिका रचना रिमाल आज आइतबार हेटौंडामा आउने भएकी छिन् । होटल एशोसिएसन मकवानपुरले सडमै जाउँ, सडकमै रमाउँ र सडकमै खाउँ भन्ने मूल नाराका साथ सुरु हन लागेको १२ औं सडक खाना महोत्सव कार्यक्रममा आफ्नो सांगितीक प्रस्तुती दिनका लागि गायिका रचना हेटौंडामा आउन लागेकी हुन् ।

हेटौंडा–४,स्थित हुप्रचौरको पुर्व तर्फको रोडमा ४ बजेबाट सुरु हुने लागेको पहिलो दिनको कार्यक्रम अन्तर्गत गायिका रिमालले आफ्नो प्रस्तुती दिने छिन् । महोत्वसको उनको सांगितीक प्रस्तुती हुने भएकोले दर्शकहरुको उल्लेखनीय उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । उनले आफ्नो स्वरमा रहेको दुई दिनको जिन्दगिमा चोखो माया लाउँ, टन्न पैसा, पैसा सापटी फोटो फिरिमा लगायतका गीतहरुको प्रस्तुती गर्नेछिन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सबैलाई कार्यक्रममा सहभागी हुनका लागि आव्हान गरेकी छिन् ।

रातो समाचार संवाददाता
थप जानकारी