Rato Samachar
Thu, 23 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

गरेपछि नहुने के रहेछ र ?

  • महोत्तरी, १२ असार (रासस) ःभनिन्छ ‘प्रयत्न गरेपछि नहुने केही छैन’ महोत्तरीको बर्दिबास–१ स्थित सामुदायिक वनका उपभोक्ताले यो भनाइ आफ्नो पौरखले चरितार्थ गरेका छन् । एक दशकअघि नाङ्गो डाँडा र पाखाको सो वनक्षेत्र समुदायको निरन्तरको सकारात्मक प्रयत्नले अहिले सघन छाँयादार र हरित क्षेत्रमा परिणत भएको हो । “चिहानडाँडा क्षेत्र पाँच÷सात किलोमिटर परैबाट रातो माटोको नाङ्गोडाँडा देखिन्थ्यो, सामुदायिक वनका उपभोक्ताले पछिल्ला १० वर्षयता गरेका प्रयत्नले अहिले हराभरा बनेको छ” सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “ गरेपछि नहुने के रहेछ र ?” सङ्कल्पसाथ काममा लागेपछि सकारात्मक परिणाम पाइन्छ भन्ने उदाहरण चिहानडाँडा वन बनेको उहाँको भनाइ छ । विगतमा वनक्षेत्रका चारैतिरको वन उजाडिदा पानीका मुहान सुकेका खोल्सीमा पछिल्ला तीन÷चार वर्षयता कञ्चन पानी बग्न थालेको छ । वनक्षेत्रमा वन्यजन्तु र पक्षीको आहार व्यवस्थापनका लागि जङ्गली फलपूmल जामुन, अमला, अम्बा, महुवा र फडिर रोपण गरेर हुर्काइएको छ । बर्दिबास मुख्य चोकबाट ५०० मिटरमात्र उत्तर तर्फको ४४ हेक्टर क्षेत्रफलको यो वनमा बर्सेनि फलपूmल रोपण बढाइँदै लगिएको चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो । यो सामुदायिक वनका बर्दिबास–१ का ४७० घरधुरी उपभोक्ता सदस्य छन् । अहिले वनक्षेत्र पस्नासाथ माझको खोल्सीलाई दुबैतर्फका छायाँदार वृक्षले ढपक्कै छोपेको देखिन्छ । दुर्गा मन्दिर कटेर वनमा पस्नासाथ थरिथरिका पक्षीको चिरीबिरी स्वर ! अहिले साउनमा मयुरका जोडिको नाच ! सघन वृक्ष र लताकुञ्जले मनोरम बनेको छ चिहानडाँडा वन । बर्दिबास–१ स्थित चिहानडाँडा सामुदायिक वनक्षेत्र पसेपछि जोसुकैको मन मोहित हुन्छ । “केही वर्ष पहिले रोपिएका कतिपय फलपूmल फल्न लागेका छन्, परार रोपिएका एक हजार बिरुवा सलक्क हुर्केका छन्” समितिका अध्यक्ष घनश्याम न्यौपाने भन्नुहुन्छ, “गत वर्ष पनि करिब तीन हजार बिरुवा रोपिएका छन्, ती पनि बढ्दैछन् ।” मानव प्रवेश निषेध गरेपछि बाह्य अतिक्रमण रोकिए पनि वसन्त ऋृतुताका डढेलोको चपेटाले भने दुःख दिने गरेको न्यौपानेको भनाइ छ । तीन वर्षयता नयाँ रोपिएका बिरुवामध्ये ५०० डढेलोको चपेटामा परेका न्यौपानेले खिन्न हुँदै बताउनुभयो । खोल्सी ओरपर र भिरालो पाखामा चाँडै वंश वृद्धि गर्ने र माटो भस्कन नदिने प्रजातिका बाँस लगाइएका छन् । समतल र डाँडामा फलपूmल रोपिएका छन् । वनक्षेत्रका खोल्सी बाँधेर व्यवस्थित गरिएपछि बर्खेभेल उर्लेर बस्ती पस्ने अवस्था अन्त्य भएको वनसँगै जोडिएको बस्तीका प्रेमबहादुर भुजेल बताउनुहुन्छ । वन फैलिँदै गएपछि आहार भेट्टाउन थालेका बाँदर अब बस्ती पस्न छाडेका भुजेलको भनाइ छ । “वनमा खानेकुरा नभेट्दा बाँदर बस्ती पस्ने रे’छन्” वनक्षेत्रकै उपभोक्ता रहनुभएका बर्दिबास उद्योग वाणिज्य सङ्घका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतम भन्नुहुन्छ, “अब बाँदर घरघरै पसेर उत्पात मच्चाउन छाडेका छन् ।” नजिकैको वन हराभरा भएपछि बर्दिबास मुख्य चोकको सौन्दर्य झन् खिलेको गौतमसहितका बर्दिवासवासी एकमुखले बताउँछन् । “चोकका अग्ला घरको छतबाट मास्तिर फर्कँदा हराभरा देखिन्छ” बर्दिबास–१ को मुख्यचोकस्थित छ तले भवनमा सञ्चालित होटल विनायकका सञ्चालक विष्णु खड्का भन्नुहुन्छ, “यो उपभोक्ताले तपस्याले हुर्केको वन हो ।” आफ्ना होटलका पाहुना नजिकै सघन वनक्षेत्र देखेर अवलोकनमै जाने गरेका र त्यहाँ मयुर जोडिको नाच र रङ्ीविरङ्ी चराको चिरबिर हेरेर रमाउने गरेका खड्का बताउनुहुन्छ । नजिकैको सघन वनक्षेत्रको मनमोहक परिवेशले पाहुनाले एक दिन भए पनि डुल्ने मनसायबाट बसाइँ लम्व्याउने गरेका बर्दिबासका आम होटल सञ्चालक दिल खोल्दै बताउँछन् । वन समितिले वनसुरक्षाका लागि एकजना वन हेरालु नै नियुक्त गरेको छ । जिल्लाका अन्यभेगका वनक्षेत्र जताततै अतिक्रमणको चपेटामा परेपनि आफ्नो वनभने सुरक्षित रहेको अध्यक्ष न्यौपानेको दाबी छ । “हामीले वनलाई मानव प्रवेश निषेध बनाएका छौँ” न्यौपाने भन्नुहुन्छ, “प्रत्येक वर्ष हिउदमा बाँसभने उपभोक्तालाई उपलब्ध गराउँछौँ ।” बाँसको झाङ् निकै बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनष्पति पनि बाँसको छाँयामा नबढ्ने भएको हुँदा बर्सेनि केही बाँस छ्याँसेर उपभोक्तालाई दिने गरिएको समितिले स्पष्ट पारेको छ । सुरक्षा प्रबन्ध राम्रो भएपछि वनक्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन् । एक दशकअघि नाङ्गोडाँडा भनेर चिनिने यो वनक्षेत्रमा अहिले मयुर र अन्य चराचरुङ्गी ह्वात्तै बढेका छन् । “घर नजिकैको पाखामा मयुरका जोडी नाचेका देखिन्छ, थरिथरिका रङ्गीचङ्गी चरा फुरफुर गर्दै उडेका देखिन्छन्” वन नजिकैको बस्तीकी गृहिणी रञ्जु बराल भन्नुहुन्छ, “पछिल्ला केही वर्षयताका वन सुरक्षाका सकारात्मक प्रयत्नले वनक्षेत्र हराभरा भएको हो ।” समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ । मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न सहयोग गरी रहेको समितिले जनाएको छ । तीन वर्षअघि प्रदेश सरकारले उपलब्ध गराएको २४ लाख ९५ हजार रकमले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड््याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको छ । “यो वनक्षेत्रभित्र पानीखोल्सी, साँपमारा र पाटा (बलवनी) समेत तीनवटा मुख्य खोल्सी छन्” यसै वनका उपभोक्ता बर्दिबास–१ का निवर्तमान वडाअध्यक्ष चुडामणि पोखरेलले भन्नुभयो, “यी खोल्सीमा सघन बाँस रोपण, मानव प्रवेश निषेध र छहराबाँध बनेपछि पहिरो लडेर गेग्र्ययान (बालुढुङ्गा) बस्ती पस्न कम भएको छ ।” परार र गतवर्ष धेरै पानी परेको बर्खामा त्यसअघिका वर्षजस्तो गेग्र्यान पसेर घर नलडाएको पोखरेल बताउनुहुन्छ । बरु यसपाली त अहिलेसम्म कमै वर्षा भए पनि सबै खोल्सीमा कञ्चन पानी बगिरहेको देख्दा मन प्रफूल्लित हुने गरेको पोखरेलसहितका बर्दिवास–१ का बासिन्दा बताउँछन् । चिहानडाँडा वन उपभोक्ता समितिले वनक्षेत्रको सुरक्षा र सम्बद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ । समितिले थालेको रचनात्मक काममा कार्यालयले साथ दिँदै आएको छ । सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि मागअनुसार बिरुवा दिँदै आएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा ७० सामुदायिक वन छन् । ठाउँठाउँका वन अतिक्रमणको चपेटामा परेपनि चिहानडाँडा वन समितिको तदारुखताले यस्तो समस्या नसुनिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । सबै सामुदायिक वन समितिले वनक्षेत्रको संरक्षण र सम्वद्र्धनमा चासो बढाए महोत्तरीको वन मुलुककै सकारात्मक उदाहरणमा उभ्याइने बन्नसक्ने वन विज्ञ बताउँछन् । ———राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology