नेपाली कांग्रेस मकवानपुरको सभापति पदको उम्मेदवारको मतगणना जारी भइरहेको छ ।

सभापतिको मतगणना परिणाम अनुसार सभापतिमा १ हजार ५ सय मत गन्दा बुद्ध लामाले अग्रता लिएका छन् ।
एक हजार पाँच सय मत गणना हुदाँ आनन्दराम पराजुलीले ४७२ मत प्राप्त गरेका छन् भने बुद्ध लामाले ४८८ मत प्राप्त गरेर पराजुलीलाइृ पछि पारेका हुन ।
जयराम लामिछानेले ४५३ मत प्राप्त गरेका छन् ।
अघिल्लो समयसम्म अग्रता हाँसिल गरिरहेका पराजुली अहिले भने पछि परेका छन् ।

सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।

हिजो मध्यान्न १२ बजेबाट सुरु भएको मतगणना साँझ ६ बजे सम्पन्न भएको थियो ।
सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको हो ।

कांग्रेस नेतृत्वकको लागि तिन जना सभापतिको युद्धमा छन् । अहिले सम्मको मत गणना अनुसार पराजुलीको अग्रता कायम रहेको छ ।

सभापतिमा उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा मंगलबार पुनः मतदान हुनेछ ।