रोशन दिप –  बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं १२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार अर्जुन प्रसाद तिवारी निर्वाचित भए ।

२०६३ मत ल्याउँदै तिवारी बिजयी भए । नेकपा माओवादीका रविन प्रधानले १ हजार ५ सय ६० मत ल्याए भने नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ ल्याए । कुल ८ हजार ५३ मतदाता रहेका वडामा वडाध्यक्ष पदका लागि विभिन्न दलबाट ९ जना र स्वतन्त्र तीन जना गरि १२ जनाले उम्मेदवारी दिएका थिए ।