
राजेश गरिब – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित नेपाली फिल्म ‘अञ्जिला’ फागुन २९ गते होली पर्व देखि प्रर्दशन हुने भएको छ ।
……………………………………………………………………………………………………
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949
………………………………………………………………………………………………….
फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथामा केन्द्रित रहेको फिल्मको ट्रेलर सार्वजनिक भएदेखिनै चार्चमा रहेको हो ।
फिल्म‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको ट्रेलर हेर्दा फुटबल खेलाडी बन्न एन्जिलाको गाँउदेखि काठमाडौं आएपछि फुटबल टोलीको कप्तान हुँदासम्मको गरेको संघर्ष समेटिएको बुझ्न सकिन्छ ।
लाहुरेको सहर भनेर चिनिने धरानमा शुक्रबार फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा गरिएपछि त झनै प्रशंसा पाएको छ ।
मिलन चाम्सको निर्दैशन प्रेमकुमार श्रेष्ठको निर्माण रहेको ‘अञ्जिला’ हेरिरहँदा अधिकांशले एन्जिलाको सङ्घर्षको कथाले मन छोएको प्रतिक्रिया दिएका हुन् ।
धरान प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिमले खुसी व्यक्त गरेका छन् ।
एन्जिलाका साथै दयाहाङ राई, सुनिल थापा, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।
फिल्ममा एन्जिलाले नै आफ्नो भूमिकामा रहेकाले ‘अञ्जिला’बाट अन्य खेलाडीको कथामा पनि फिल्म बन्न प्रेरित गर्ने संकेत देखएको छ ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।
विनोद अग्रवाल र राजेश बगडिया सह निर्माता हुन् भने सुदीप बरालको छायांकन मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
………………………………
पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिला ले वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । उनलेश्रीलङ्कामा सम्पन्न एएफसी यु १४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइन् ।
बिभिन्न्नआरोह अवरोह पार गरेर महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी हुन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।
ओलम्पिक क्वालिफाइङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुँदेगर्दा उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन बनिन् ।
साफको सिल्भर मेडलिष्ट गोलरक्षक, श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, । गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्