नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । बुधबारदेखि नै लागू हुनेगरी यस्तो सीमालाई घटाइएको राष्ट्र बैङ्कले जनाएको हो । रेमिट्यान्स कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपियाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।
यसअघि यस्तो आन्तरिक रेमिट्यान्स कारोबारको अधिकतम सीमा एक लाख रुपियाँसम्म थियो । विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन गरिएको छैन ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो