Rato Samachar
Fri, 24 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

आगलागी पीडितलाई सहयोग

माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहनुभएका माया गुरुङ र पार्वती गुरुङले सास्कृतिक कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कमाएको रकम कास्कीका आगलागी पीडितलाई सहयोग गरेका छन् । मानवीय सेवालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीलाई अभियानमार्फत उहाँहरुले सहयोग गर्दै आउनुभएको छ । केही समय पहिले कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ कोलेली निवासी शोभाखर काफ्ले र लुम्रै निवासी गोलमान गुरुङको घरमा ग्यासको सिलिण्डर पड्केर आगालागीबाट क्षति भएको भन्ने खबर थाहा पाएपछि सहयोगमा जुटेको अभियन्ता माया गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हामीले गाउँमा ग्यास पड्केको र क्षति भएको भन्ने थाहा पायाँै, अनि मे २८ तारिखमा मगर सङ्घ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा अभियानका पार्वती गुरुङ साथै परोपकारी मनका धनी कविता गुरुङ र लता चेम्जो गुरुङको विशेष सक्रियतामा नेपाली चिया, चटपट, काँक्रो, खरबुजा, सेलरोटी बचेर केही आर्थिक रकम सङ्कलन गरेका हौँ ।” उहाँले सङ्कलित रकममा केही थपथाप गरेर पीडित दुई परिवारलाई रु ५० हजारका दरले रु एक लाख रकम नेपाल पठाएको जानकारी दिनुभयो । विदेशबाट प्राप्त उक्त रकम गाउँका स्थानीय युवा शङ्करमान गुरुङ र मिर्मिरे आमा समूहका अध्यक्ष राजकुमारी गुरुङको समन्वयमा माछापुच्छ्र«े गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले पीडितद्वय शोभाखर काफ्ले र गोलमान गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात् गरी सहयोग रकम जुटाएकामा धन्यवाद व्यक्त गर्नुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय गगनसिंह गुरुङले कठिन अवस्थामा एकअर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राख्नुभयो । अर्का स्थानीय युवा सन्तोष गुरुङले कोभिड–१९ देखि नै माइला कान्छा अभियानको सामाजिक सेवाप्रतिको कार्य निकै सह्रानीय र प्रशंसनीय भएको बताउनुभयो । अभियानले कोभिड–१९ को समयमा कास्कीको पोखरालगायत आसपासका थुप्रै बस्तीमा पुगेर राहतसँगै औषधि उपचारमा समस्या भएकाहरुलाई सहयोग रकम उपलब्ध गराएको अभियानका अर्का अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवा नै धर्म हो भन्ने सोचेर हामी अभियानमा सक्रिय छौँ, सहयोगी मन थुप्रै भएको र आफूहरु माध्यम मात्र भएकाले यसको सहयोगी मनलाई दिन चाहान्छौँ ।” –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology