बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा न्युरोडटिम एनआरटी विजयी भएको छ ।

बुधबार भएको खेलमा न्युरोडटिम एनआरटीले हिमालयन शेर्पालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको पहिलो हाफको २९औँ मिनेटमा एनआरटीका तर्फबाट सरोज तामाङले पहिलो गोल गरेका थिए भने एता हिमालयन सेर्पाको तर्फबाट कुनै पनि गोल हुन सकेन । त्यस्तै दोस्रो हाफमा पनि एनआरटीकै तर्फबाट ११औँ मिनेटमा रोहन खड्कीले दोस्रो गोल तथा ३०औँ मिनेटमा सुमित श्रेष्ठले पुनह अर्को गोल गर्दै ३-० को अन्तरले हिमालयन सेर्पालाई पराजित गरेका थिए ।

खेलको म्यान अफ द म्याच एनआरटीका तर्फबाट सरोज तामाङ घोषित भएका छन् ।

जितसँगै एनआरटी क्वाटरफाइनलको चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत भोली बिहिबार मछिन्द्र क्लब काठमाण्डौँ र नेपाल एपिएफ क्लब काठमाण्डौँ बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने । समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।