हेटौंडा । १५ औं संस्करणको केन्द्रीयस्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबारबाट काठमाडौं महानगरपालिकामा केन्द्रीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेपा) को तथा युवा तथा खेलकुद मन्त्रालय तत्वाधानको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सतर्फको खेलमा २ जना नयाँ जुनियर खेलाडीको कीर्तिमान कायम भएको छ ।
काठमाडौं त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा भएको एथ्लेटिक्सतर्फको खेलमा बागमती प्रदेशका छात्रतर्फ प्रविण राना मगरले १०० मिटरको दौडमा र सुदूरपश्चिम प्रदेशकी संगीता विश्वकर्माले छात्रातर्फ ४ सय मिटर दौडमा कीर्तिमान कायम गरेको राष्ट्रिय खेलकुद परिषद् ( राखेपा) ले जनाएको छ । एथ्लेटिक्सतर्फको १०० मिटरको दौडको दूरी प्रविण राना मगरले १० सेकेण्ड ७६ पलान पूरा गरेका छन् । ४०० मिटरको निर्धारित दूरी संगीता विश्वकर्माले १ मिनेट १ सेकेण्ड १९ पलमा पूरा गरेकी थिइन् । मगरले करिब १२ वर्ष अघि आशिष चौधरीले वि.सं २०७० सालमा १० सेकेण्ड ९० पलमा पूरा गरेको कीर्तिमानलाई भङ्ग गरेका छन् भने विश्वकर्माले करिब ७ वर्ष पहिले २०७६ सालमा अरुण रिजालले १ मिनेट १ सेकेण्ड ३० पलमा पूरा गरेको कीर्तिमानको रेकर्ड तोडेका छन् ।
पदक तालिकाको हिसाबले बागमती प्रदेशले शीर्ष स्थानमा रहँदै अग्रता कायम गरेको छ । ४ वटा स्वर्ण र २ वटा रजत पदक प्राप्त गर्दै बागमती अग्र स्थानमा रहेको छ । ३ वटा स्वर्ण, २ वटा रजत र २ वटा काँस्य पदक प्राप्त गरेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा रहेको छ । १ स्वर्ण, २ रजत र २ काँस्य पदक प्राप्त गरेको गण्डकी प्रदेश तेस्रो स्थानमा परेको छ भने १ स्वर्ण र ३ काँस्य प्राप्त गरेको कर्णाली तालिकाको चौंथो स्थानमा रहेको छ । पाँचौं स्थानमा रहेको लम्बिनी स्वर्ण वीहिन बन्दै २ रजत र २ काँस्य पदक प्राप्त गरेको छ । स्वर्ण र काँस्य बिहीन भएको लुम्बिनी १ रजत पदक प्राप्त गर्दै छठौं स्थानमा रहेको छ । मधेश प्रदेश भने पदक वीहिन बन्दै तालिकाको पुच्छारमा रहेको छ ।
केन्द्रीयस्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको हालसम्मको पदक तालिका ।





















प्रतिक्रिया दिनुहोस्