रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालीका वडा नं ८ स्थित कमानेमा अचार बनाउने ३ दिने तालिम शुरु भएको छ ।
समाज सुधार तथा संरक्षण केन्द्र हेटौडाको आयोजनामा सुरु भएको तालीम संस्थाकी अध्यक्ष टिका कुमारी बोगटीको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मि श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सिकेका कुरा लाई व्यवसायिक रुपले अगाडी बढाउन सके मात्र तालिमको सार्थकता हुने कुरामा टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष गंगा प्रसाद पौडेल तथा प्रशिक्षक गौरी कुमारी बिष्ट लगाएतका अतिथिहरुले जोड दिएका थिए ।
कार्यक्रममा १७ जाना प्रशिक्षार्थी रहेका र तालिम १५ गते सम्म संचालन हुने बताइएको छ । हेटौडा उपमहानगरपालिका को आर्थिक सहयोग मा संचालन भएको सो तालिम संचालन भएको हो ।




























प्रतिक्रिया दिनुहोस्