रोशन दिप – हेटौडा उपमहानगरपालिकाले बाल समूह सञ्जाल, हेटौडा वडा नं ८ लाई सम्मानित गरेको छ ।

उपमहानगरपालिकाको ५५ औँ नगर स्थापना दिवसको अवसरमा उत्कृष्ट बाल समूह सञ्जाल सम्मान, २०८० बाट सम्मानित गरेको हो ।

केही समय अघि नेपाल सरकारले बालबालिकामा लगानी, ल्याउँछ सुनौलो बिहानी भन्ने मान्यता अन्तर्गत केही सूचक तथा मापदण्ड निर्धारण गरेको थियो ।निर्धारित सूचक तथा मापदण्डमा टेकेर बालबालिकाको सहभागिता र क्रियाशिलता अभिबृद्धिका लागि उपमहानगरपालिका भित्रका गठित बाल समूह सज्जालहरू मध्ये ८ नं वडा बाल समूह सञ्जाललाई बालमैत्री सूचक उन्मुख गतिविधि सञ्चालन र सक्रियताका आधारमा सम्मानित गरिएको हो ।

उपमहानगरपालिकाले विभिन्न विधामा सामाजिक संघ संस्था, कर्मचारीहरु कलाकार, खेलाडी, कृषक, उद्यमी र  करदातालाई पनि सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।