हेटौंडा / नेकपा माओवादी केन्द्रका तीन भातृ संगठन वाईसिएल नेपाल मकवानपुर, अखिल (क्रान्तिकारी) मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम बुधाबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।

हिन्दु नेपालीहररुको महानचाड दशैँ, शुभदीपावाली र छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हो ।

वाईसीएल नेपाल मकवानपुर अध्यक्ष मुक्ति लामाको अध्यक्षता  नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले संचालन गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गाैतम, बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु), प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष जयराम रायमाझी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, प्रमिला पुलामी (श्रद्धा), मान कुमारी पाख्रीन, प्रदेश कमिटी नेता सर्केश घलान,बालकुमार मल्ल,लक्ष्मी पाखरिन, बिबेक राइ, जीवन गोले, शुभरत्न गोले, जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान (ज्वाला), अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रदिप अर्याल, वाईसीएल केन्द्रीय सचिव सुमन पाख्रिन, जेष्ठ कम्युन मन्चका केन्द्रीय सदस्य रामहरी सुवेदी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।लगायत माओवादीका नेताहरुको उपस्थिति रहेको थियो   ।