रोशन दिप – पोखरा जाँदै गरेको यति एअरको विमान माघ १ गते आइतवार दुर्घटनामा परेको छ । विमानमा सवार ७२ जना यात्रुमध्ये ६८ जनाको निधन भएको पुष्टि भएको छ ।
मानवीय क्षतिका हिसाबले यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटना हो । योसँगै नेपालमा हवाई दुर्घटनाको संख्या १ सय ४ पुगेको छ ।
भोलि सोमवारका लागि निर्धारित सबै उडान एति एअरलाइन्सले रद्द गरेको छ । आइतवार भएको विमान दुर्घटनाको शोकमा भोलिको उडान रद्द गरिएको एअरलाइन्सले सूचना निकालेर जानकारी दिएको छ । त्यसै गरी विमान दुर्घटनाको शोकमा सरकारले पनि माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
एसै क्रममा केहि युवाहरुले हेटौंडा स्थित बुद्धचोकमा उक्त दुर्घटनामा परी ज्यान गुमाएका चालक दल, नेपाली तथा विदेशी यात्रुहरु प्रती भावपुर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार र आफन्त जनमा हार्दिक सम्वेदना प्रकट गर्दै, दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका देवराज घिमिरे, सुमन आचार्य, रवि दाहाल, डिजे काल भैरव, सास्वत अधिकारी, दिपेन्द्र चौलागाइ, अंकित कार्की,कोशिश चौलागाई, प्रशान्त खड्का, सचिन संजेल, एलिस मान शिङ बस्नेत, मिजास कडेल, शाहिला लगाएतले हार्दिक सम्वेदना प्रकट गर्दै, मौन धारण गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका थिए ।
विज्ञ टोली राखेर, छानबिन समिति गठन गरी सम्भावित कारणका बारे बेलैमा होस पुर्याइ ्दुर्घटना हुन नदिन प्रयास गर्नुपर्ने रवी दाहालले बताए ।
दुर्घटना पछाडीको कमी कम्जोरीको विषयमा नागरीक उड्डायन मन्त्रालय र गृह मन्त्रालयबाट छानबिन गर्नु जरुरी रहेको र दुर्घट्ना न्युनिकरणको लागी राज्यले समस्याको खोजी गरी उचित समाधान गर्नका लागी पहल कदम चाल्नु पर्ने साहिलाले बताए ।



























प्रतिक्रिया दिनुहोस्