हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा गायीका एञ्जिला रेग्मी र हेमन्त शर्माले आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् । खेलकुद महोत्सवको सातौं दिन गायीका एञ्जिाल रेग्मी र गायक हेमन्त शर्माले आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् ।
गायीका एञ्जिलाले पहिलो प्रस्तुति दिँदा गायक हेमन्तले दोस्रो प्रस्तुती गरेका थिए । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती गरिँदै आएको छ । जस अन्तर्गत बिहीबार एञ्जिाला र हेमन्तको सांगीतिक प्रस्तुती रहेको आयोजकले जानकारी दिएको छ । गायीका एञ्जिले चश्मा लगाउली र ओइ तिम्रो छ की छैन कोइ तथा गायक हेमन्त शर्माले उता परेली लगायत अन्य विभिन्न गीतको प्रस्तुती गरेका थिए । यस अघि गायीका सहिमा श्रेष्ठ, बबिना किराती, मेलिना राई लगायतले आफ्नो सांगीतिक प्रस्तूति दिएका थिए ।
भोलि चर्चित गायीका ज्योति मगरको सांगीतिक प्रस्तुती रहने छ भने अन्य दिन प्रीति आले, रचना रिमाल, प्रीति पासवान लगायतको सांगीतिक प्रस्तूति रहन बाँकी रहेको छ । महोत्सवको अन्तिम दिन चैत १४ गते कुमा सागर व्याण्डको प्रस्तुति रहने छ भने अन्य एसटी म्यानको पनि प्रस्तुती रहने बाँकी रहेको आयोजकले जनाएको छ ।




















प्रतिक्रिया दिनुहोस्