हेटौंडा उपमहानगर–५ स्थित हेटौंडा सिटी कलेज जेनिथमा कानून संकाय तर्फ अध्यनरत विद्यार्थी मकवानपुरमा उत्कृष्ट भएका छन् ।

अनुभवी शिक्षकहरुद्धारा स्वच्छ वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गरिदै आएको दावी गरिरहेको सिटी कलेजमा अध्ययनरत विद्यार्थी मधुमित्ता यादवले ३.६६ जिपिए अंक ल्याएर जिल्लामै उत्कृष्ट भएकी हुन् ।

कलेजले शतप्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको भन्दैसोमबार हेटौंडाबजार क्षेत्रको परिक्रमा गरेको छ ।

वि.सं. २०७९ देखी कक्षा ११ र १२ मा अंग्रेजी माध्यमबाट कानून संकाय सञ्चालन गरिएको र ‘पहिलो वर्षमै १० जनालाई अध्यापन गराएकोमा अहिले जिल्ला उत्कृष्ट हुनुका साथै शतप्रतिशत नतिजा समेत निकाल्न भएको कलेजका प्रशासन प्रमुख सुमन्त सिलवालले बताए ।

मकवानपुरमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने एक मात्र कलेज भएको र आगामी दिनमा पनि शतप्रतिशत नतिजा ल्याउने गरि अध्यापन गराउने लक्ष्य रहेको बताए ।
सिलवालले बताए अनुसार एक विद्यार्थीको ए प्लस आएको र दुई जना विद्यार्थीले ए ग्रेड ल्याएको उनले बताए ।