नेपाली फिल्मको ५७ वर्षे इतिहास मै पहिलोपटक नेपालसँगै भारतमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्र चलचित्र ‘प्रेम गीत ३’ को निकै चर्चा छ ।
हिन्दी भाषामा समेत डब गरिएको नेपाली चलचित्र चलचित्र ‘प्रेम गीत ३’ ले भारतमा समेत प्रदर्शनको मौका पाएको छ।
असोज ७ अर्थात २३ सेप्टेम्बर २०२२ बाट नेपालसँगै भारतमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्रमा हलिउड देखि साउथ मुभिलाई हिन्दी भाषमा स्वर दिइरहेका चर्चित डबिङ्ग आर्टिसहरुले स्वार दिएर चलचित्र पनि निकै राम्रो बनेको र नेपाली कलाकारीताको प्रसंसा गरेका छन् ।
सार्वजनिक भएको हिन्दी ट्रेलर हेरेका भारतियहरुले सानो ठाँउ थोरै लगानीमा पनि दमदार फिल्म भएको र साउथ सरह भएको भन्दै प्रसंसा गरेका छन् ।
आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशकले नेपाली फिल्मलाई भारतिय भाषमा डबिङ्ग गरेर भारत सम्म पुर्याउने साहास गर्ने नेपालको राजामौली नै भएको उपनाम दिईरहेका छन् ।
चलचित्रलाई भारतिय भिडियाहरुले समेत प्रचार प्रसारमा निकै साथ दिएका छन् भने भारतियहरु देखि भारतमा बसोबास गर्ने नेपालीहरु पनि चलचित्र हेर्ने प्रतिवद्धता जनाएका छन् ।
अभिनेता प्रदिप खड्का देखि कलाकारहरुको पनि उत्तिकै तारिफ गर्दै नेपाली कलाकारको कला स्थानहरुको दृष्य भेषभुषाहरु हेर्नकालागि आत्तुर भएको समेत उल्लेख गरिरहेका हुन् ।
बलिउड बक्स अफिसमा साउथका फिल्महरु हाबी भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब गरिएको नेपाली चलचित्र जगतले पनि बाहिरी मुलुकमा व्यवसायीक कव्जा गर्ने संकेत देखाएको छ ।
भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् ।
यही चलचित्रलाई नेपालमा केही विवाद गरायो ।
चलचित्र विकास बोर्डले ‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी फिल्मको मान्यता दिने र सोही अनुसारका नियमको पालना गर्नुपर्ने बताएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवाद परे ।
हिन्दी स्वारंकन चलचित्रलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय भन्दै थप विवादित बनेपछि उक्त विवादमा दुवै पक्षमा उभिनेहरु कलाकारनै भए ।
हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नका लागि नेपाली फिल्म सरह सेवा सुविधा दिन निर्माताले चलचित्र विकास बोर्डमा निवेदन बुझाएपछि एक पक्षले हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्न १५ प्रतिशत विकास शुःल्क लिनुपर्ने र अर्को पक्षले नेपाली फिल्म सरह सेवा सुविधा दिनुपर्ने तर्क दिएका थिए ।
चलचित्रका अभिनेता सहित निर्माण टोलीले विकास बोर्डका अध्यक्ष केसीको राजीनामा नै मागे ।
‘प्रेम गीत ३’ र बोर्डबीच विवाद चुलिएयो नै वितरकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले अध्यक्ष केसीलाई स्पष्टीकरण सोध्न बोलाएयो ।
यसैे विच सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय सुनाएपछि विवाद सुल्झिएको हो ।
मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने गरि प्रदर्शनको मौका पाएको छ ।
‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्र रिलिज हुने भएको छ ।चलचित्रमा प्रदिप खड्कालाई साथ दिन क्रिस्टिनाले डेब्यू गरेकी हुन् । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।
छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन भने छेतेन गुरुङको भने मृत्यु भइसकेको छ । फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन्।














प्रतिक्रिया दिनुहोस्