बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना आज बिहानदेखी सुरु भएको छ ।
शान्तिपुर्ण समपन्न निर्वचानको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्धार्थ उच्चमाबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा बिहानबाट सुरु गरिएको मतगणना जारी छ।
यसै क्रममा हेटौंडामा भएको मतगणनामा १हजार ७सय मत गन्दा मेयरको एमाले तर्फका अनन्त पौडेल ४९८ नेकपा एस तर्फको मिना कुमारी लामा ५४० र राप्रपा तर्फका उम्मेदवार दिपक बहादुर सिंहले ४६० मत प्राप्त गरेका छन् ।
त्यस्तैगरि उप मेयरमा एमाले तर्फ सुमित्रा काफ्ले ६सय नेपाली कांग्रेसका राजेश बानियां ७सय ५६ र राप्रपाको इन्दिरा न्यौपाने १ सय २४ मत प्राप्त छ ।
अहिले सम्मको मत परिणाम अनुसार मेयरमा लामा पहिलो पौडेल दोस्रो र सिंह तेस्रो स्थानमा छन् ।

















प्रतिक्रिया दिनुहोस्