Rato Samachar
Tue, 23 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सप्तरीको नौ मतदानस्थल सार्ने र अठार मतदान स्थल थप्ने निर्णय

जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८ मतदानस्थल थप गर्ने निर्णय गरेको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लामा रहेका मतदानस्थलमा नौवटा सार्ने, १८ वटा थप गर्ने, दुईवटा गाभ्ने र ३३ वटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ । गत स्थानीय तह निर्वाचनमा नौ नगरपालिका र नौ गाउँपालिका तथा एक सय ६४ वडा रहेको सप्तरीमा दुई सय ९७ मतदानस्थलमा पाँच सय ३६ मतदान केन्द्र रहेको थियो । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको बताउनुभयो । निर्णयबमोजिम निर्वाचन आयोगमा सिफारिस पठाएको उहाँले बताउनुभयो । राजविराजमा साउन ६ गते र साउन १३ गते बसेको सर्वदलीय बैठकको निर्णयानुसार स्थलगत अवलोकन निरीक्षण गरेर समितिमा प्रस्तुत प्रतिवेदनका आधारमा मतदानस्थल सार्ने, टुक्र्याउने, गाभ्ने निर्णय गरी सिफारिस पठाइएको समितिका सदस्यसचिव जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनुभयो । भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र पायकका आधारमा डाक्नेश्वरी नगरपालिका–८ स्थित कोसी पम्प केनाल विषहरियाबाट सहरी स्वास्थ्य केन्द्र विषहरियामा, बोदे बर्साइन नगरपालिका–९ स्थित जनस्वास्थ्य चौकी देउरी स्वर्णपट्टिबाट महान् सहिद जन राष्ट्रिय प्राथमिक विद्यालय स्वर्णपट्टिमा, हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित गाविस भवन पोर्ताहाबाट कंकालिनी माध्यमिक विद्यालयमा, वडा नं ११ स्थित मस्जिद फूलबारी सखुवाटोल नजिकको चउरबाट सीताराम आधारभूत विद्यालयमा मतदानस्थल सार्ने सिफारिस भएको छ । यसैगरी कञ्चनरूप नगरपालिका–३ पोखरी छेउको चौर गोरपारबाट राष्ट्रिय मावि वनरैतामा, छिन्नमस्ता गाउँपलिका–७ स्थित राष्ट्रिय प्रावि हाटीबाट वडा कार्यालय हाटीमा, तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित डिहवारस्थान चउर मधेपुराबाट राष्ट्रिय प्रावि मधेपुरामा मतदान स्थल सार्ने सिफारिस गरिएको छ । विष्णुपुर गाउँपालिका–१ स्थित आधारभूत विद्यालय परसाही स्वास्थ्य चौकीमा साविक मतदानस्थल कायम रहने गरी गाविस भवन जमुनी मधेपुराको मतदानस्थल सार्ने सिफारिससमेत भएको छ । मतदाता सङ्ख्या बढी भएको र ठाउँ सानो भएको १८ मतदानस्थललाई टुक्र्याएर मतदातालाई पायक पर्ने अर्को मतदानस्थल थप गर्ने सिफारिस भएको निर्वाचन अधिकारी जोशीले बताउनुभयो । राजविराज नगरपालिका–६ बहिरा बालक स्कुललाई टुक्र्याएर खानेपानी संस्था खैरसाल, वडा नं १० स्थित राष्ट्रिय प्रावि दिघवालाई टुक्र्याएर नेपाल रेडक्रस प्रावि कमलपुर, वडा नं १२ स्थित गाविस भवन विषहरियालाई टुक्र्याएर राष्ट्रिय प्रावि दमावती थप गर्ने सिफारिस भएको छ । कञ्चनरूप नगरपालिका–३ स्थित राष्ट्रिय मावि वनरैत टोलको मतदानस्थललाई टुक्र्याएर शङ्कर मावि सुब्बाटोल, वडा नं ९ स्थित इलाका वन कार्यालय काष्ठमहललाई टुक्र्याएर राष्ट्रिय प्रावि रघुनाथपुर, वडा नं १० जनता आधारभूत विद्यालय बदगामालाई टुक्र्याएर राष्ट्रिय प्रावि डेढाहा थप गर्ने सिफारिस गरिएको छ । यस्तै हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदहलाई टुक्र्याएर कोसी ब्यारेजमा मतदान केन्द्र टुक्रा पारी विपी स्मारक माविमा थप्ने, वडा नं ८ स्थित जोगनी राष्ट्रिय प्रावि जोगिनिया टुक्र्याएर राष्ट्रिय प्रावि बेल्हा थप गर्ने सिफारिस भएको छ । छिन्नमस्ता गाउँपलिका–६ स्थित ब्रह्मस्थान चउर लालपट्टि खुदीबखारीलाई टुक्र्याएर कुपही मावि, तिरहुत गाउँपालिका–१ स्थित जनता राष्ट्रिय प्रावि धनपुरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि धनपुरी त्रिकोल, वडा नं ४ स्थित मावि डिमनलाई टुक्र्याएर बिर्ता टोल हनुमान मन्दिर थप गर्ने सिफारिस भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित राष्ट्रिय देवकी आधारभूत विद्यालयलाई टुक्र्याएर सामुदायिक भवन रामजानकी मन्दिर मुखिया टोल, राजगढ गाउँपालिका–६ स्थित राष्ट्रिय प्रावि फकिरालाई टुक्र्याएर आधारभूत विद्यालय बरदाही, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि बल्थी, वडा नं ६ स्थित गाविस भवन ढिकलीलाई टुक्र्याएर सामुदायिक भवन ढिकली थप गर्ने सिफारिस भएको छ । रूपनी गाउँपालिका–२ स्थित राजाजी स्थान पिप्राही चौरलाई टुक्र्याएर जेसिज आधारभूत विद्यालय पौवा, बलान बिहुल गाउँपालिका–२ स्थित राष्ट्रिय प्रावि पथराहालाई टुक्र्याएर राप्रावि दिघिया, वडा नं ३ स्थित प्ररासु पशुपति विद्यालय टिकुलियालाई टुक्र्याएर पञ्चायत रजत जयन्ती राप्रावि दुधैला मतदानस्थल थप गर्ने सिफारिस भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ स्थित वडा कार्यालय भवन हरिहरपुरलाई आधारभूत विद्यालय मटिगढीमा र कञ्चनरूप नगरपालिका–३ स्थित पोखरी छेउको चौर गोरपारलाई राष्ट्रिय मावि वनरैत टोलमा गाभ्ने निर्णय भएको छ । यसैगरी सङ्घीय संरचनाअघिका पुराना नाम र त्रुटिपूर्ण ३३ वटा नाम सच्याउने निर्णय भएको छ । कञ्चनरूप नगरपालिका–८ स्थित गाविस भवन कञ्चनरूप, वडा नं १२ स्थित गाविस भवन रूपनगर, डाक्नेश्वरी नगरपालिका–७ स्थित गाविस भवन ब्रह्मपुर, वडा नं ८ स्थित गाविस भवन गम्हरिया प्रवाहाको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ । तिरहुत गाउँपालिका–२ स्थित गाविस भवन मैनाकडेरी, वडा नं ५ स्थित गाविस भवन लोहजरा, तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित गाविस भवन मन्सापुर, बोदे बर्साइन नगरपालिका–१ स्थित गाविस भवन धनगढी, वडा नं ८ स्थित गाविस भवन काचन, वडा नं ९ स्थित गाविस भवन देउरी स्वर्णपट्टिको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ । वडा कार्यालय भवन भनेर सच्याइएको नाममा महादेवा गाउँपालिका–२ स्थित गाविस भवन चकला, वडा नं ४ स्थित गाविस भवन डाढा, वडा नं ६ स्थित गाविस भवन ढिकली, राजविराज नगरपालिका–१६ स्थित गाविस भवन बोरिया, बलान बिहुल गाउँपालिका–४ स्थित गाविस भवन बेल्हीसमेत रहेको छ । यस्तै शम्भुनाथ नगरपालिका–१ स्थित गाविस भवन खोक्सर, वडा नं ६ स्थित गाविस भवन मोहनपुर, वडा नं १० स्थित गाविस भवन रामपुर जमुवा, सुरुङ्गा नगरपालिका–१ स्थित गाविस भवन पिप्रा पश्चिम, वडा नं ३ स्थित गाविस भवन लक्ष्मीपुर, वडा नं ४ स्थित गाविस भवन मधुपट्टि, वडा नं ५ स्थित गाविस भवन कुशहा, वडा नं ७ स्थित गाविस भवन हरिपुर, वडा नं ८ स्थित गाविस भवन मल्हन्माको नाम पनि वडा कार्यालय भवन भनेर सच्याइएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदह, वडा नं ३ स्थित गाविस भवन पोर्ताहा, वडा नं ४ स्थित गाविस भवन मधवापुरको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ । यस्तै डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको नाम हरिराहा, वडा नं ५ स्थित कच उच्च मावि पातोको नामा कच मावि पातो, डाक्नेश्वरी नगरपालिका–१० स्थित फेकनी मावि बनौलाको नाम हिरा फेकनी मावि बनौला, महादेवा गाउँपालिका–४ स्थित उपस्वास्थ्य चौकी बलिया डाढा साविक गाविस भवनको नाम उपस्वास्थ्य चौकी बलिया डाढा, बोदे बर्साइन नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय गौराहाको नामा राष्ट्रिय प्राथमिक विद्यालय गौरा हुनुपर्ने गरी सच्याइएको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दल, स्थलगत अवलोकन, निरीक्षण तथा स्थानीयवासीको सुझावका आधारमा मतदानस्थल थप्ने, सार्ने, गाभ्ने, सच्याउने गरी निर्वाचन आयोगलाई सिफारिस पठाइएको निर्वाचन अधिकारी जोशीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

लोकप्रिय



भर्खरै

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology