Rato Samachar
Thu, 10 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

सडकले जोड्यो खुसीसँगै समृद्धि

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी गाउँका ७९ वर्षीय बलबहादुर छन्त्यालको दिन हिजो आज गाउँमा उक्लिएका जीप, ट्याक्टर र मोटरसाइकल गन्ती गर्दै र चोयाँका सामग्री बुन्दै बित्ने गर्छ । जीवनको उत्तरार्धमा आएर बल्ल अलिअलि सुखको महसुस गर्न पाउनुभएका उहाँको बाल्यकाल, युवावस्था र प्रौढावस्था अनेकौँ दुःख संघर्ष गर्दै बित्यो । अहिले छोरा नातिको मुहारमा खुसी देख्दा आफू पनि खुसी हुनाको अर्को कुनै विकल्प उहाँसँग छैन । पिडौला फर्किने गरी उकालीओराली गर्दै जवानी बित्यो । भौतिक सुख र प्रविधिको उपयोग उहाँका लागि सपना बन्यो तर आजभोलि छन्त्याल असाध्यै खुसी हुनुहुन्छ । उहाँ यसरी खुसी हुनुको कारण हो घर घेउमै दैनिकजसो गुड्ने दर्जनाँै मोटर गाडीहरु । मुलुक सङ्घीय संरचनामा गएपछि पछिल्लो समय ग्रामीण बस्तीमा पनि विकासले गति लियो । विकासले गर्दा सुविधा पाउन र देख्न थालेपछि उमेरले डाँडो काटेका अन्य ज्येष्ठ नागरिकको मुहारमा पनि खुसी छचल्किएको छ । आफूहरुले बटौलीबाट डोकोमा नुन बोकेर १५ दिनपछि पैदल गाउँमा फर्किदाको दुःख सुनाउँदै छन्त्याल छोरा नातीका दुःखका दिन विस्तारै हट्दै गएकामा खुसी व्यक्त गर्नुहुन्छ । गाउँगाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उहाँको भनाइ छ । “आजभन्दा १५÷२० वर्षअगाडि अहिलेको जस्तो सुविस्ता थिएन, खसौली, बटौली र सुनौली पुगेर नुन बोकेर जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ–गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ”, छन्त्याल भन्नुहुन्छ, “उतिबेला नुन र चामल ल्याउन १५÷२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चिज त हाम्रा पालामा पाइँदैनथ्यो ।” विगत १५÷२० वर्षयता गाउँमा आफूले नसोचेको विकास भएकोमा छन्त्याल मात्रै होइन उहाँकै उमेरका धेरै ज्येष्ठ नागरिकहरु पनि दङ्ग परेका छन् । बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले अहिलेको पुस्ता भाग्यमानी भएको बताउनुहुन्छ । “हामीले गरेको दुःख अहिलेको युवा र केटाकेटीलाई सुनाउँदा पत्याउदैनन् । त्यतिबेलाको तुलनामा अहिले त आनन्दै आनन्द छ”, उहाँ भन्नुहुन्छ । उपाध्याय सुनवल, बुटवल, तानसेन, नाउडाँडा, कुश्मा, बागलुङ र बेनी हुँदै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु बोकेर घरमा ल्याए पछि मात्र खान पाइने विगतको स्मरण सुनाउनुहुन्छ । “गाउँमा नुन, चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपथ्र्यो, बजार नजिक थिएन, १०÷१२ दिन लगाएर खसौली वा बटौली जानुपथ्र्यो, त्यसपछि मालढुङ्गासम्म गाडी आउन थाले हामीलाई पनि सहज हुन थाल्यो”, उपाध्याय भन्नुहुन्छ, “अहिले गाउँ–गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।” त्यसैगरी मङ्गला गाउँपालिका–४ का ७६ वर्षीय कृष्णहरि कँडेलले पनि आफ्नो जीवनकालमा गाउँमा मोटरगाडी गुड्लान् भन्ने कल्पना नगरेकामा अहिले गाउँमा गाडी गुड्दा खुसी लागेको छ भन्नुहुन्छ । गाउँमा मोटरबाटो पुगेपछि बलबहादुर, बेदप्रसाद र कृष्णहरिजस्ता सयौँ बुढापाका र स्थानीय बासिन्दा खुसी भएका छन् । सडकले उनीहरूले भोगेका पुराना दुःख भुलाएको छ । जीवनको करिब ५०औँ वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिक गुजारा चलाउनुभएकी रघुगङ्गा गाउँपालिकाको दग्नामकी ७३ वर्षीया स्वरुपा गर्बुजा अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दङ्ग हुनुहुन्छ । मुस्ताङको थाकखोलाबाट नुन ल्याएर उपभोग गर्नुभएकी स्वरुपाले अहिले नुन मात्रै होइन दैनिक जीविकाका लागि चाहिने सामान घरै नजिक किन्न पाउनुहुन्छ । “यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५÷२० दिन हिँडेर मुस्ताङ पुग्नुपथ्र्यो, अहिले नुन, सुन जे भने पनि गाउँमै पाइन्छ । गाउँमा विकास होला, यस्तो सुविधा यहीँ पाइएला भन्ने त हामीले सोचेका पनि थिएनौँ”, स्वरुपा भन्नुहुन्छ, “विकास भनेको कस्तो हुँदोरहेछ बल्ल अहिले अनुभव गर्न पाएका छौँ ।” मोटरगाडी ठूला–ठूला सहरमा पुगेपछि मात्रै देखेको अनुभव सुनाउँदै अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको उहाँ बताउनुहुन्छ । गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पु¥याउने गर्दै आएका थियौँ । अहिले सडक सुविधाले गर्दा गाडीमार्फत बिरामीलाई अस्पताल लैजान पाइन्छ । “पहिले त गाडी भन्ने सुनेका मात्रै थियौँ, गाउँमा कोही बिरामी पर्दा डोकोमा, डोलामा बोकेर अस्पतालसम्म लैजाने गथ्यौँ, समयमा अस्पताल नपुग्दा कतिको बाटैमा मृत्युसमेत भयो,” स्वरुपा भन्नुहुन्छ, “अहिले त अस्पताल पनि नजिकै छ, कोही बिरामी प¥र्यो भने तुरुन्तै गाडीमा लैजान सकिन्छ ।” हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय सडक निर्माणले तीब्रता पाएको छ । एक नगरपालिकासहित छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य ४४ वडामा सडक सुविधा पुगेको छ । सडक डिभिजन कार्यालयका अनुसार म्याग्दीमा ११ मुख्य सडक र ४२ वडा सहायक तथा कृषि सडक छन् । वडा र पालिकाले स्थानीयवासीको आवश्यकताअनुसार निर्माण गरिएका सडकको सङ्ख्या भने समेटिएको छैन । सडकको पहुँचसंगै स्थानीय उत्पादनले बजारीकरणको अवसर पनि पाएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजा बताउनुहुन्छ । स्थानीयवासीलाई आवतजावत गर्न मात्रै होइन गाउँको समृद्धि र स्वास्थ्योपचारका दृष्टिले पनि सडक सुविधा वरदान सावित भएको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology