बिमल खत्री- हेटौंडा उपमहानगरपालिकामा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी सहयोग गरिएको छ ।

उपमहानगरपालिका ९ नं. वडा कार्यालयद्धारा वडा नम्बर ९ स्थित मानव सेवा आश्रमका लागि औषधी हस्तान्त्रण गरिएको हो ।

हाल २ सय जना आश्रीत आश्रममा रहेकाहरुका लागि वडा अध्यक्ष लक्षमण भण्डारीले उक्त औषधी हस्तान्तरण गरेका हुन् ।
आश्रममा आश्रीतहरु विभिन्न रोगदेखि केही मनोरोगी समस्यामा रहेकाले थोरै भएपनि सहज होस भन्नकालागि हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

औषधि हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष भण्डारी, आश्रमका अध्यक्ष रामजी अधिकारी, आश्रममा कार्यरतहरुको उपस्थिती रहेको थियो ।

picture-मानव सेवा आश्रम- facebook pag