हेटौंडा । माधवपूर खेलकुद विकास समितिको आयोजनामा चितवनको रत्ननगर नगरपालिकामा जारी दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि अभिषेक चर्चसँग सामना गर्दैछ । रत्ननगर नगरपालिका वडा नम्बर–१५,स्थित माधवपूर खेलमैदानमा भोलि बुधबार हुने प्रतियोगितामा उपाधि नजिक पुग्नका लागि हेटौंडा फुटबल एकेडेमीले अभिषेक चर्चको भिड्नु पर्नेछ । दुबै टिम जितको लक्ष्यसहित मैदानमा उत्रने छन् ।
सोमबार भएको क्वार्टरफाइनल चरणको खेलमा बागमती पुलिस क्लबलाई ३–१ गोलले हराउँदै अभिषेक चर्चले सेमीफाइनलको स्थान ओग्टेको थियो भने शनिबार भएको उद्घाटन खेलमा सूर्यपूर फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलको स्थान ओग्टेको थियो । शनिबारको खेलमा हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक शेख असरफले उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई जीतको सुरुवात गराएका थिए । सोमबार भएको क्वार्टरफाइनल चरणको खेलमा अभिषेक चर्चले बागमती पुलिसलाई पराजित गरेसँगै दुबै टिमबीच प्रतिस्पर्धाको टुङ्गो लागेको हो ।
उद्घाटन खेलमा भीम लामाले टिम क्याप्टेनको भूमिका निर्वाह गरेका थिए । रत्ननगर पालिकाको संरक्षणमा तथा एक्सपर्ट एजुकेशन एण्डभीजा सर्भिसेज प्राइभेट लिमिटेडको प्रयोजनामा सुरु भएको गोल्डकप फुटबल प्रतियो ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने आयोजकले जानकारी दिएका छन् ।























प्रतिक्रिया दिनुहोस्