बागमती प्रदेशको बिज्ञापन अनुगमन तथा नियमन समितिको सदस्यमा सञ्चारकर्मी हरुलाई मनोनीत गरिएको छ ।

यसैक्रममा सञ्चार जगतमा निरन्तर सक्रिय रहेका मकवानपुरे सञ्चारकर्मी  अञ्जली थापा, राजन दाहाल सहित ५ जना सञ्चारकर्मीलाई नियमन समितिमा मनोनित गरिएको हो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनित गरिएको हो ।

सोहीक्रममा प्रेस सेन्टर मकवानपुरको अध्यक्ष समेत रहेको थापा, दाहाल धादिङका पोषनाथ अधिकारी, नुवाकोटका भोलाप्रसाद पौडल  दोलखाको कालिका शिवाकोटी र रामेछापको प्रेमप्रसाद गौतम रहेका छन् ।