हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत मकवानपुरका दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रतामा रहेका छन् । शुक्रबार दिउँसो बाट सुरु भएको मत गणना अनुसार शनिबार सम्म रास्वपा मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेद्वार प्रकाश गौतम र मकवानपुर क्षेत्र नम्बर-२ का उम्मेद्वार दोब्बर अग्रतामै रहेका छन् ।

शनिबार बिहान सम्म मकवानपुर-१ मा हेटौँडा 2,4,5,6,7,8,9,10  ३२ हजार ७ सय ५४ मत गणना हुँदा र मकवानपुर-२ मा मनहरी सम्पन्न भएर अन्य गणना हुँदा ३३ हजार ८२ मत गणना हुँदा रास्वपाका प्रकाश गौतम र प्रशान्त उप्रेती ५ गुणा भन्दा बढी मतले अग्रह स्थान बनाएका छन् । अहिले सम्मको नतिजा अनुसार मकवानपुर-१ का गौतमले १९ हजार २ सय ३५ मतले अग्रह स्थान बनाएका छन् भने प्रशान्त उप्रेतीले ११ हजार ९ सय ३३ मत ल्याउँदै अग्रह स्थान बनाएका छन् ।

नेकपा एमाले रामेश्वर राना ३ हजार ९ सय ९९ मतले दोस्रो स्थानमा रहेका छन् भने नेपाली काङ्ग्रेसकि महालक्ष्मी उपाध्याय ‘डीना’ ३ हजार ४ सय ९५ मतले अहिले सम्म तेस्रो स्थानमा परेका छन् । राष्ट्रिय प्रजातन्त्र  पार्टी (राप्रपा)का दीपक बहादुर सिंह २ हजार ३ सय ७६ चौथो स्थानमा र नेपाली कम्युनिस्ट पार्टी विजय गौतम १ हजार १ सय ६१ मतले पाचौं स्थानमा रहेका छन् ।

नेकपा एमाले महेश कुमार बर्तौला ५ हजा ७ सय ८६ मतसहित दोस्रो स्थानमा, नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्ट ५ हजार ६ सय ४३ मतसहित तेस्रो स्थानमा र नेपाली काङ्ग्रेसका बुद्ध लामा ५ हजार २९ मतसहित चौथो स्थानमा रहेका छन् । उज्यालो नेपाल पार्टी प्रविन कुमार स्याङ्तान १ हजार ५ सय ६५ मतसहित ५ औँ स्थानमा रहेका छन् ।

रातो समाचार संवाददाता
थप जानकारी