थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीझीको पहलमा एक बेवारिसे महिलाको उद्दार गरिएको छ ।
अन्दाजी ६० बर्षिय महिलाको नाम, थर, परिवारजन केहि थाहा नभएको र कहाँबाट आएको भन्ने समेत नखुलेको महिलाको
उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा बुझाइएको हो ।
इलाका प्रहरी कार्यालय पालुङ, वडा सदस्य कबिता बिष्ट लगायतको उपस्थिितिमा बिगत ४ बर्ष देखि वडा नम्बर ३ को कार्यालय नजिक पाटीमा बसी जीवन यापन गर्दै आएको महिलाको उद्दारगरिएको अध्यक्ष रायमाझीले बताए ।
उद्दार कार्यमा सहयोग गर्ने मानब सेवा आश्रम हेटौंडाका प्रकाश पौडेल, पालुङ प्रहरी लगायत सबैमा धन्यबाद व्यक्त गरे ।