Rato Samachar
Tue, 21 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय अर्थ-विजनेस समाचार

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ । उनी चिनियाँ प्रहरीबाट फरार रहँदै आएका थिए । उनले कम्बोडिया र म्यान्मारको कायिन राज्यको श्वे कोक्कोमा विवादास्पद ठूला आयोजना र र क्यासिनो खेलका साथै फिलिपिन्समा चिठ्ठा खेलाउने धन्दा चलाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । थाइ प्रहरीले उनलाई सुपुर्दगीका लागि अनुरोध गर्न बाँकी रहेको भन्दै बुधबार राति अध्यागमन हिरासतमा लिएपछि उनको थाई भिसा रद्द गरिएको जनाएको छ । थाई प्रहरी अधिकारीले एएफपीसँग भने, “सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन् ।” इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, “उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ ।” सन् २०१८ को जनवरीदेखि सन् २०२१ को फेब्रुअरीसम्म ‘आपराधिक गिरोह’को नेतृत्व गर्ने ती संदिग्धले अन्यसँग मिलेर कम्पनी दर्ता गर्ने, अनलाइन जुवा खेल्ने प्लेटफर्मको अनुसन्धान र विकास गर्ने काम गरेको ‘रेड नोटिस’मा उल्लेख छ । होङशुलिन, यिगौ र यियु इन्टरनेसनलजस्ता अनलाइन गेमिङ (जुवासम्बन्धी) वेबसाइटहरू स्थापना गरेको र तीनमा तीन लाखभन्दा बढी जुवाडेहरू भर्ती गरेको आरोप उनीविरूद्ध रहको छ । ‘रेड नोटिस’मा भनिएको छ, “शे झिजियाङले प्राप्त गरेको अवैध आय कुल १५ करोड चिनियाँ युआन (२ करोड २२ लाख अमेरिकी डलर) भन्दा बढी रहेको र यो रकम विदेशमा स्थानान्तरण गरिएको छ ।” थाइ सञ्चारमाध्यमका अनुसार उनको सञ्जालमा परी ठगिएका एक चिनियाँ नागरिकले ठूलो रकम हिनामिनापछि आत्महत्या गरेका थिए । उनीसँग कम्बोडियाको राहदानी भए पनि चीनको हुनान प्रान्तमा जन्मिएको उल्लेख ‘रेड नोटिस’मा उल्लेख छ । उनलाई सन् २०१७ मा कम्बोडियाको नागरिकता प्रदान गरिएको थियो तर वास्तविक अवस्था अस्पष्ट रहेको ‘फ्रन्टियर म्यान्मार’ ले जनाएको छ । कम्बोडियाली सरकारले आफ्नो ढुकुटीमा कम्तीमा दुई लाख ५० हजार अमेरिकी डलर दान गर्ने विदेशीलाई नागरिकता दिन सक्ने त्यहाँको कानुनी प्राबधान भए अनुसार उनले नागरिकता पाएको हुनसक्ने बताइएको छ । चीन र थाइल्याण्डबीच सुपुर्दगी सन्धि गरिएको भएपनि यो प्रक्रियाका लागि केही महिना लाग्न सक्ने थाई अधिकारीले बताएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

हेटौडामा ९९+ इजि मार्ट उद्घाटन

हेटौडा-५ भैरव रोडमा राधाकृष्ण केक हाउसको उद्घाटन

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology