Rato Samachar
Sun, 20 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

बेथितिले गाँजेको स्थानीय तह

महोत्तरीको पिपरा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबाट चरम अनियमितता भएको खुलासा भएको छ । विगतमा आर्थिक बेथितिले गाँजेको तथ्य महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सार्वजनिक गरेको हो । प्रतिवेदनले उक्त गाउँपालिकामा आर्थिक वर्ष २०७७÷७८ सम्ममा बेरुजु रु ८२ करोड ३० लाख पुगेको देखाएको छ । बिल भर्पाई नै नगरी मनपरी ढङ्गले खर्च गरिएको रकम नै ४४ लाखभन्दा बढी छ । गाउँपालिकामा अनुगमन र दैनिक भ्रमण भत्ताकै शीर्षकमा कर्मचारी र जनप्रतिनिधिबाट नै अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ। तत्कालीन उपाध्यक्ष नुनुकुमारी दास आफैँले पिपराबाट जिल्लाकै बर्दिबास नगरपालिका जाँदा एक पटकमा रु १३ हजार दुई सय भत्ता बुझेको पाइएको छ । उहाँले आव २०७७÷७८ मै बर्दिबास जाँदा दुई पटक गरेर रु २६ हजार चार सय बुझेको देखिएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ को दफा ९, उपदफा ४ मा भएको व्यवस्थाअनुसार पदाधिकारी तथा सदस्यले आफ्नो जिल्लाबाहिर भ्रमण गर्दामात्र भत्ता पाउने व्यवस्था भएकामा पूर्व उपाध्यक्ष दासले नियमविपरीत जिल्लाभित्र नै आवतजावत गर्दा भत्ता बुझेको पाइएको हो । त्यसैगरी अनुगमनका नाउँमा तत्कालीन अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष दासले २०७७ पुसदेखि २०७८ असारसम्म एक सय ७६ दिन अनुगमन गरेको प्रतिवेदन पेस गरेर मापदण्ड विपरीत रु दुई लाख १० हजार भत्ताबापत भुक्तानी लिएको प्रतिवेदनले औँल्याएको छ । पूर्वअध्यक्ष चौधरीले आफ्नै गाउँपालिका क्षेत्रभित्र अनुगमन गरेको प्रतेक पटक रु तीन हजार र दासले रु दुई हजार पाँच सय बुझ्नुभएको उल्लेख छ । आफ्नो क्षेत्रभित्र स्थानीय तहले सञ्चालन गरेको आयोजना वा कार्यक्रमको अनुगमन गरेबापत प्रतिमहिना बढीमा तीन पटकको अनुगमन भत्ता पाउने कानुनी व्यवस्था भएकामा उहाँहरुले माथि उल्लिखित अवधिभित्र ९२०७७ पुसदेखि २०७८ असारसम्म० मासिक तीन वटाका दरले ३६ पटकको मात्र अनुगमन भत्ता पाउन सक्ने देखिन्छ । गाउँपालिकाका पूर्वअध्यक्ष चौधरी २०७६ मा भएको उपनिर्वाचनबाट निर्वाचित हुनुभएको हो भने अन्य जनप्रतिनिधि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका थिए । विसं २०७४ मा निर्वाचित अध्यक्ष विनोदकुमार चौधरीको मृत्यु भएपछि २०७६ मा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो । अध्यक्ष र उपाध्यक्षले मात्र नभई वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीले समेत विभिन्न शीर्षकमा अनियमितता गरेका पाइएको प्रतिवेदनमा औँल्याइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावली २०७७ को नियम ३९ मा जिम्मेवार व्यक्तिले सरकारी रकम भुक्तानी दिनुअघि रित पुगे÷नपुगेको जाँच गर्नुपर्ने व्यवस्था भएकामा पिपरामा मौखिकरुपमा विभिन्न शीर्षकमा ४४ करोडभन्दा बढी भुक्तानी दिइएको पाइएको उक्त प्रतिवेदनमा उल्लेख छ । कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीले भ्रमण आदेश नै नगराई भ्रमणभत्ता बुझेको र त्यसैगरी अन्य कर्मचारीले पनि कानुन विपरीत भ्रमण भत्ता लिएका प्रतिवेदनले औँल्याएको छ । कर्मचारी लखिन्द्र यादवलाई कार्यालयले नै मोटरसाइकल दिएको र लेखा प्रमुखले प्रयोग गरेको भनिएको सवारी साधनको कागजातबिना नै मर्मतसम्भार भनी भुक्तानी गरेको पाइएको छ । गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को अवधिमा जलेश्वरनाथ एफएम रेडियोलाई रु ४८ लाख १२ हजार एक सय पाँच भुक्तानी दिएको छ । प्रतिवेदनअनुसार विभिन्न शीर्षकमा २३ पटक गरेर उक्त एफएमलाई एक वर्षभित्र रु ४८ लाख रकम गाउँपालिका कार्यालयले भुक्तानी गरेको हो । सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोेजिम बोलपत्रको माध्यमबाट सूचना निकाल्नु पर्ने व्यवस्था छ तर प्रतिस्पर्धा नै नगराई एफएमलाई उक्त रकम भुक्तानी दिइएको देखिएको हो । यो भुक्तानीबापत जलेश्वरनाथ एफएमले बिल पेस गर्दा कुनै जिङ्गल ९प्रसारित सामग्री० वा प्रसारण प्रतिवेदन पेस गरेको नपाइएको प्रतिवेदनमा उल्लेख छ । एफएमका प्रबन्धक वैभव चौधरीले उक्त रकम लिएको स्वीकार गर्नुभएको छ । उहाँले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, “कानुनी प्रक्रियाअनुसार नै रकम भुक्तानी लिएका हौँ ।” गाउँपालिकाको यो अवस्थाबारे वर्तमान अध्यक्ष रामजानकी यादवले पूर्वजनप्रतिनिधि र कर्मचारीबाट भएका अनियमितताका विषयमा कानुनी उपचार खोजिएको जानकारी दिनुभयो । “हामीले त्यतिखेरै आर्थिक अनियमितता र बेथिति बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित रुपमै जाहेर गरेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो, “उपयुक्त कारबाही हुने हाम्रो विश्वास छ ।” कार्यालयमा विगतमा भएका बेथितिलाई कानुनी कारबाहीको दायरामा ल्याई अनियमितता भएको रकम फिर्ता गराउन प्रयत्न जारी रहने उहाँको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology