Rato Samachar
Sun, 14 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
शिक्षा समाचार समाज

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो

यहाँ पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । यहाँ हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा रहेका छन् । प्राविधिक शिक्षा लिनका लागि देशका विभिन्न ठाउँबाट विद्यार्थी आउने गरेका छन् । विसं २०६९ मा स्थापना भएको यो शिक्षालयमा अहिले दार्चुला, अछाम, बाजुरा, सिराहा, सप्तरी, डडेलधुरालगायत ७७ वटै जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख शङ्करदेव कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ देशका ७७ वटै जिल्लाबाट शिक्षा लिन विद्यार्थी आउने गरेका छन् । विद्यार्थीहरुको आकर्षण बढी भएकाले हामीले भर्ना अघि प्रवेश परीक्षा गरेर विद्यार्थीहरुलाई छनोट गर्दै आएका छौँ, छ जिल्लाका लागि हामीले आरक्षणको व्यवस्था गरेका छौँ, यसबाट पनि विद्यार्थीलाई केही सहज भएको छ ।” जिल्लामा पहिलो पटक सदरमुकाममा स्थापना भएको सुम्निमा बहुप्राविधिक शिक्षालयमा तीन सय ५० विद्यार्थी रहेका छन् । स्थापनाकालमा प्राविधिक शिक्षा लिने विद्यार्थी सङ्ख्या न्यून भए पनि पछिल्लो समय यहाँ विद्यार्थीको चाप बढेको प्रमुख कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो शिक्षालय स्थापना हुँदा विद्यार्थीमा प्राविधिक शिक्षाप्रति कम मात्र रुचि देखिन्थ्यो, तर अहिले विद्यार्थीहरुमा मोह बढेको छ, शिक्षालाई थप गुणस्तरीय बनाउन प्रविधिमा पनि जोड दिएका छौँ ।” सिभिल इन्जिनियर र बाली विज्ञानको पढाइ भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, उदयपुर, तेह्रथुम गरी छ जिल्लाका विद्यार्थीले कोटाका आधारमा पढ्न पाउने शिक्षालयले जनाएको छ । यसबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर भोजपुर नगरपालिका–४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय, भोजपुर टक्सारमा रहेको यशोधरा मावि, पञ्चकन्या मावि भुल्के, पञ्यकन्या मावि च्याङ्ग्रे, षडानन्द नगरपालिकाको शारदा मावि झ्याउ पोखरी, शिक्षामा कन्या मावि बयाङलगायत विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान अध्ययन भइरहेको छ । यशोधरा माविका प्रधानाध्यापक धु्रवराज रेग्मीले भन्नुभयो, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएको छ, त्यही अनुसार हाम्रो विद्यालयमा पनि बाली विज्ञानको पढाइ भइरहेको छ, विद्यार्थीहरुमा आकर्षण बढी छ, जिल्लाका धेरै विद्यालयले प्राविधिक शिक्षाका लागि सुरुआत गरिरहेका छन् ।” श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको ९५ प्रतिशत काम सम्पन्न दुर्गम भेगमा विद्यार्थीलाई लक्षित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ आम्बोटेमा ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ निर्माण भइरहेको छ । राष्ट्रपतिको पहलमा यहाँ रु १४ करोड लागतमा निर्माण भइरहेको यो शिक्षालयको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । यो शिक्षालयले पनि यस आवबाट भर्ना लिने जनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिभिटी) बाट सम्बन्धन प्राप्त भएको यस शिक्षालयमा तत्कालीन रुपमा बाली विज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा थप कार्यक्रम थप्दै लैजाने जनाइएको छ । विशेष गरेर दुर्गमका विद्यार्थीलाई प्राविधिक शिक्षाको सहज पहुँच विस्तार गर्न शिक्षालयको स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले जनाएको छ । पचपन्न रोपनी क्षेत्रमध्ये संरचना बनेर बाँकी रहेको जग्गामा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालनका लागि प्रयोगमा ल्याइने जनाइएको छ । भोजपुर सदरमुकामबाट करिब १९ किलोमिटर दक्षिणमा रहेको यो ठाउँमा जिल्लासँगै बाहिरी जिल्लाका समेत विद्यार्थी आउने अपेक्षा रहेको शिक्षालयले जनाएको छ । यो स्थान सडक सञ्जालसँग जोडिएको छ । कच्ची बाटो भएका कारण वर्षात्को समयमा भने यातायात सञ्चालनमा केही समस्या हुने गरेको स्थानीयको भनाइ छ । स्थानीय जानकी पाण्डेले भन्नुभयो, “यो ठाउँ धेरै कारणले पछाडि थियो, तर यहाँ अहिले विकासको क्रम बढेको छ, वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको छ, प्राविधिक विद्यालय बन्दैछ, अब सडक र एउटा सुविधा सम्पन्न अस्पताल बनिदिए जनताले धेरै राहत महसुस गर्न पाउने थिए ।” सो शिक्षालयलाई राष्ट्रपति भण्डारीले ३७ रोपनी र उहाँका काकाले १८ रोपनी जग्गा निःशुल्क दिनुभएको हो । शिक्षालय निर्माण भएपछि स्थानीय उत्साहित छन् । जग्गादाता स्थानीय सुरेन्द्र पाण्डेले भन्नुभयो, “शिक्षालय स्थापना भएपछि हामी उत्साहित भएका छौँ, यसले हाम्रो क्षेत्रको विकासमा टेवा पुग्छ, घरको खाना खाएर आफ्नै घरआँगनमा प्राविधिक शिक्षा लिने अवस्थाको सृजना भएको छ, शिक्षालय निर्माणले हाम्रो क्षेत्रका वालबालिकाको भविष्य उज्ज्वल हुने देखिएको छ, खास गरेर अब सरकारले जीवन उपयोगी प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।” यहाँ प्राविधिक शिक्षालय स्थापना भएपछि प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने स्थानीयवासीको भनाइ छ । यहाँ एकाडेमिक भवन, छात्रछात्राका लागि होस्टल, स्टाफ क्वार्टर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवन लगायतको निर्माण हुने बताइएको छ । अहिले करिब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकाडेमिक भवन निर्माण गरिएको छ । त्यस्तै महिला छात्रवाससँगै अन्य भवन निर्माण भएका छन् । शिक्षालयको निर्माण गत वर्षको फागुनबाट थालिएको थियो । शिक्षालय निर्माणले यहाँका विद्यार्थीलाई प्राविधिक शिक्षा लिन सहजता थपिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । शिक्षालयको विकास तथा विद्यार्थीलाई अध्ययनमा सहजता हुने गरी गाउँपालिकाले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology