Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ । ‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने बताउनुभयो । गलत वा मिथ्या समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई विधेयकले दण्डनीय बनाउने भन्दै उहाँले पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने आदिवासी, जनजाति, महिला र दलितलाई विधेयकले प्रोत्साहन गर्ने दावी गर्नुभयो । बैठकको विशेष सयममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सबै चासो र जनहितका लागि निकै महत्वपूर्ण मानिएको सुनसरीको दुहबी र इनरुवा सडकलाई स्तरोन्नति गर्नुपर्ने माग गर्नुभयो । उहाँले दिनप्रतिदिन सवारी चाप बढेको र अधिक सवारी चापले बाटो जीर्ण हुँदै गएकाले सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिनुभयो । विगतका बहुवर्षीय योजना अहिले निर्माण कम्पनीले धमाधम छाड्ने अवस्था सिर्जना भएको सम्बन्धमा प्रदेश सरकारले जवाफ दिनुपर्ने भन्दै नेता कोइरालाले किसानले समयमै मलखाद र बीउबिजन पाउन ठोस् उपाय निकाल्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology