रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा गरिएको पेन्गोलिन ओपन स्काउट क्रियुको प्रथम दिक्षान्त समारोहका साथै दशै,तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पेन्गोलिन ओपन स्काउट क्रियुको दल समिती अध्यक्ष तथा स्पोन्सर संस्था अस्मिता नेपालका अध्यक्ष आरती पाठको सभाध्यक्षता र बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोश चौलागाईको प्रमुख आतिथ्यतामा विजया दशमीको अवसर पारेर घटस्थापनाका दिन कार्यक्रम भएको हो।

पेन्गोलिन ओपन स्काउट क्रियुले संचालन गरेको युवा स्काउट कार्यक्रम अन्तर्गत प्रथम चरणको तालिममा सहभागी भएका ३७ जना रोभर रेन्जरहरु दिक्षित भएका छन् भने सोही अवसरमा क्रियुका दल समितिलाई पनि रोभर लिडर अशोक सारु मगरले दिक्षित गराएका हुन् ।

दिक्षित रोभर रेन्जरहरुलाई स्कार्फ प्रमुख अतिथी, क्रियु अध्यक्ष,रोभर लिडर तथा उपस्थित अतिथीहरुले अहोदा अनुसार ब्याज बितरण गरेका थिए।

युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराउदै जिवन उपयोगी सीप सिकाउदै विपदको समयमा गरिने सेवा कार्यले राज्यको लागि दक्ष अनुशासित नागरिक बनाउने भएकोले समाजमा सचेतना अभियान संंचालन गर्दै शान्ति स्थापना गर्नको लागी स्काउटको अहम भुमिका रहेकोले बागमती युवा परिषद् सधै समन्वय गरेर कार्य गर्न तयार रहेको उपाध्यक्ष चौलागाईले बताए ।

पेन्गोलिन ओपन स्काउट क्रियुका सदस्य सचिब अशोक सारु मगरले संचालन गरेको सो कार्यक्रममा दशै, तिहार तथा छठ पर्वको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल स्काउट बागमति प्रदेश सदस्य महेन्द्र राना मगर,बागमती प्रदेश सहायक अधिकृत सौरभ अधिकारी, मनहरी गा।पा। स्काउट समिती संयोजक अनन्त पौडेल, कैलाश गा।पा स्काउट समिती संयोजक दिपक गुरुङ्ग, बागमती गा।पा स्काउट समिती सदस्यता वृद्धि संयोजक राजकुमार राई, गै।स।स मकवानपुर अध्यक्ष रमिला सापकोटा, फ्रेन्डस् नेपालका अध्यक्ष किरन थापाको साथै स्काउट किशोर श्रेष्ठ, मानसिङ्ग लामा,लक्ष्मी श्रेष्ठ, बिमल खत्री, निशा गौतम, अनिल आचार्य, सफिरा मिजार, जोन पहाडिको उपस्थिती रहेको थियो ।