Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पार्किङस्थल बन्दै हाटबजार

एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्र्याक्टर र डोरज । ग्राउण्डलाई चारैतर्फबाट सवारीले घेरेका छन् । यतिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकलसमेत छन् । गुल्मीको रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडीसमेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ । यसरी मैदानमा दैनिकजसो एउटा स्कुलबस, विभिन्न कार्यालयका पाँच गाडी, तीन ट्र्याक्टर, एउटा फोहर फाल्ने गाडी, नगरपालिकाकै खानेपानीको ट्र्याक्टर र १० वटा जति मोटरसाइकल हुन्छन् । उक्त स्थान झट्ट हेर्दा सवारी पार्किङस्थल र खेलमैदानजस्तो देखिन्छ । तर त्यो कुनै पार्किङस्थल नभई रेसुङ्गा नगरपालिकाको हाटबजार हो । नगरपालिकाले विगत दुई वर्षदेखि सञ्चालनमा ल्याएको हाटबजार केही महिनादेखि बन्द हुँदा पार्किङस्थलमा परिणत भएको छ । झण्डै सात वर्षअघिबाट बनाउन सुरु गरिएको हाटबजार आर्थिक वर्ष २०७६÷७७ मा निर्माण सम्पन्न भयो । निर्माण भइसकेपछि पनि केही महिना सञ्चालनमा आएन । चौतर्फी दबाबपछि नगरपालिकाले नै हाटबजार सञ्चालन ग¥यो । हाटबजार सञ्चालनमा आउँदा कृषक र ग्राहकलाई राहत मिलेको थियो । तर अहिले बन्द हुँदा भने दुवैलाई निरास बनाएको छ । “हाटबजार सञ्चालन हुँदा उत्पादित तरकारी लिन गाडी घरमै आउँथ्यो, मूल्य पनि राम्रै पाएका थियौँ”, रेसुङ्गा नगरपालिका–४ अर्खलेका कमलप्रसाद आचार्यले भन्नुभयो, “अहिले तरकारी बेच्नका लागि डोकामा बोकेर बजार डुल्नुपरेको छ ।” बिचौलियाका रूपमा प्रस्तुत हुने व्यापारीले सस्तोमा सामग्री राख्ने हुँदा आफूहरूले उचित मूल्यसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । सोही ठाउँकै अर्का कृषक ज्ञानबहादुर दर्लामीले मौसमअनुसारका तरकारी उत्पादन गर्नुहुन्छ । अहिले उहाँको बारीमा बन्दा, टमाटर, प्याज, भेन्डी, तितो करेला, काँक्रो, लौका, सिम्ला मर्च, खुसार्नीलगायतका फलफूल र तकारी छन् । तर उत्पादित तरकारी बेच्नका लागि उहाँ डोको बोकेर बजार धाउने गर्नुहुन्छ । हाटबजार बन्द हुँदा आफूहरूले निकै सास्ती खेप्नुपरेको दर्लामीको भनाइ छ । “क्विन्टल तरकारी उत्पादन गरेर पनि बिक्रीका लागि १०–२० किलो डोकामा बोकेर हिँड्नुपरेको छ”, उहाँले भन्नुभयो, “सकेसम्म छिटो हाटबजार सञ्चालन गरेमा सहज हुने थियो ।” आचार्य र दर्लामी त समस्यामा परेका किसानका प्रतिनिधिमूलक पात्रमात्रै हुनुहुन्छ । सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल उत्पादान गरेका अन्य ठाउँका कृषक पनि निरास बन्न थालेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिकाका साथसाथै अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका कृषकसमेत हाटबजार बन्द हुँदा प्रभावित बनेका छन् । हाटबजार बन्द हुँदा व्यापारीले सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्दा कृषक र उपभोक्ता दुवै मर्कामा परेका छन् । हाटबजार निर्माणका लागि अहिलेसम्म पाँचवटा सरकारी कार्यालयले कूल रु एक करोड ३३ लाख ५० हजार लगानी गरेका छन् । साविकको जिल्ला कृषि विकास कार्यालयको रु १४ लाख, साविकको जिल्ला विकास समितिको रु आठ लाख, साविकको पशु सेवा कार्यालयको रु १० लाख र अन्य रकम लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको छ । हाटबजारको जग्गा भने साविक जिल्ला विकास समिति अर्थात् हालको जिल्ला समन्वय समितिको नाममा छ । शीतभण्डारसहित सञ्चालन गरिएको हाटबजार यसअघि पनि पटक–पटक बन्द हुँदै सञ्चालनमा आएको थियो । यसअघि कारोनाका कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गाले अहिलेसम्म पनि सञ्चालन गर्न सकेको छैन । रेसुङ्गा नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष राम्जी पन्थीले केही समयभित्रै हाटबजार सञ्चालनमा आउने दाबी गर्नुभयो । नगरपालिकाले सञ्चालन गर्दा घाटा हुने भएकाले निजी क्षेत्रसँग समन्वय गरी लिजमा दिने तयारी भइरहेको उहाँले बताउनुभयो । “हाटबजार सञ्चालनमा हामी गम्भीर छौँ, अहिले नगरप्रमुखका बुवाको निधन भएका कारण प्रक्रिया अगाडि बढाउन रोकिएको छ”, उहाँले भन्नुभयो, “बढीमा एक महिनामा सञ्चालन गर्छौँ ।” –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology