Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

निलगिरी ‘क्यासकेड’को सुरुङ जोडियो

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरी खोला हाइड्रोपावर प्रवद्र्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहीबार जोडिएको हो । आयोजनाका इञ्जिनीयर केशव बाग्लेले पाँच वटा अडिटबाट सुरुङ खनिएको जानकारी दिनुभयो । नारच्याङको दोभानस्थित विद्युत्गृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । सुरुङ निर्माणलाई जलविद्युत् आयोजनाको मुख्य काम मान्ने गरिएको छ । ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रवद्र्धक, प्राविधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले खुसीयाली मनाएका थिए । “ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “बाँध र विद्युत्गृह निर्माण तथा इलेक्ट्रोमेकानिकलको कामलाई तीव्रता दिएका छौँ ।” अठतीस दशमलव सात मेगावाटको निलगिरी पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । दुई वटै आयोजनाको प्रवद्र्धक एउटै निलगिरी हाइड्रोपावर हो । निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण थालिएका इञ्जिनीयर वाग्लेले बताउनुभयो । क्यासकेडको विद्युत्गृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । रु तेह« अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ना हँुदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology