प्रेस सेन्टर मकवानपुरले जिल्ला अन्तर्गत रहेका ८ वटा गाउँपालिका तथा २ वटा नगरपालिकामा आसन्न निर्वाचन लक्षित समाचार संयोजनकालागि कमाण्ड तोकेको छ ।
शनिबार बसेको सेन्टरको बैठकले कमाण्ड तोकिएको हो ।
बैठकले जिल्ला कमाण्डमा केन्द्रीय सदस्य कृष्ण सारु मगर, जिल्ला अध्यक्ष अञ्जली थापा, लगायत केन्द्र, प्रदेश, जिल्ला कमिटीमा रहेका पदाधिकारी सबैलाई तोक्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले बागमती गाउँपालिकाकालागि विवेक सिन्तान, बकैयाकालागि शुभलक्ष्मि विक, हेटौंडा उपमहानगरपालिकामा नवराज वाईबा र राजेश गरिब, मकवानपुरगढी गाउँपालिकामा एमपि शर्मा, भीमफेदी गाउँपालिकामा सरला अधिकारीलाई कमाण्ड एव्म समाचार डेस्क प्रमुखको रुपमा तोकिएको छ ।
यस्तै, मनहरि गाउँपालिकामा उमेश राई, राक्सिराङ गाउँपालिकामा जयराम मुक्तान, थाहा नगरपालिकामा इच्छापूर्ण कार्की, इन्द्रसरोवर गाउँपालिकामा मुकेश गोले, कैलाश गाउँपालिकामा राजकुमार स्याङबोलाई कमाण्ड एवम् समाचार डेस्क प्रमुखको जिम्मेवारी तोकिएको छ ।
यसैगरि, विभिन्न सञ्चार माध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको नीजि स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य  परीक्षणमा ५० प्रतिशत छुट हुनेगरि व्यवस्थापन गरिएको आजको बैठकले निर्णय गरेको छ ।
छुट प्राप्तीकालागि परिचय पत्रको व्यवस्था गरिने पनि बैठकले निर्णय गरेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक सर्केश घलान, बागमती परिषद् सदस्य कमान सिं पाख्रिन (पृथक) साथै प्रेस सेन्टर बागमती प्रदेश कमिटी सदस्य मिना श्रेष्ठलगायतको उपस्थिति थियो ।
बैठक सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको हो ।