जेसीआई बसामाडीको जेसीजले सुरु गरेको सप्ताह वर्ष २०२२ अन्तर्गत सप्ताह वर्षको आज दोस्रो दिनमा हाम्रो घर बालगृहलाई खाद्यन्न सहयोग गरेको छ ।

सप्ताह वर्ष अनुसरको अभियान अन्तर्गत आइताबार हेटौडा उपमहानगर २ स्थित बनस्खण्डी मन्दिरका लागी इन्भटरको ब्याट्री सहयोग गरेर कार्यक्रमको सुरुगरेर आज उक्त स्थानमा खाद्यन्न सहयेग गरेका हुन् ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलेनेतृत्व र बेक्तित्व बिकासमा काम गरिरहेको युवाहरुले सामाजीक सेवामा समेत सक्रियता देखाउदै ३४ जना आश्रित बालबालिका रहेको स्थान हाम्रो घर बालगृहमा सहयोग गरेकोमा धन्यवाद दिदै खुसी व्यक्त गरे ।

कार्यक्रमको सुरु मन्दिरका लागि सहयोग गर्दै कार्यक्रमलाई उत्कृष्ट ढङ्गबाट लैजानकालगी साताभरी विभिन्न सामाजीक सहयोग गर्ने अभियान अन्तर्गत हाम्रो घरमा पनि सहयोग गर्न पाएको खुसी लागेको जेसीआईका अध्यक्ष चिराग अग्रवालले बताए ।

हेटौंडा उपमहानगर वडा नम्बर ५ सिचाइटोलमा रहेको हाम्रो घर बालगृहकी इन्दिरा डल्लाकोटीले यसरी खोज्दै सहयोगी मन लिएर सहयोग गरेको मनहरु प्रति आभार व्यक्त गर्दै धन्यवाद दिईन् ।

यस्तैगरि जेसी चिराग अग्रवाल, जेसी दिपेन्द्र यादव, जेसी धुर्व गौतमले गृहमा रहेका बालबालिकाका लागि व्यक्तीगत तर्फबाट एकदिने भोजन गरउने घोषणा गरेका थिए ।

जेसीआईका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षता उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गृहकी इन्दिरा डल्लाकोटी विशीष्ठआतिथ्यता रहेको थियो।

त्यस्तै गरि कार्यक्रममा २०२२ महासचिव जेसी जनक शर्मा भण्डारी, का.का. अध्यक्ष मुल कार्यक्रम संयोजक जेसी सुरज डङ्गोल, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष २०२२ जेसी मनिष घिमीरे, कार्यक्रम संयोजक जेसी निरज अर्याल, जेसी गौतम केसी, जेसी सरोज घिमीरे, जेसी रमेश शर्मा, जेसी दिपेन्द्र यादव, जेसी  धुर्व गौतम लगायतको उपस्थिति रहेको थियो ।

जेसीआइका युवाहरुले मन्दिरका लागी इन्भर्टर ब्याट्री दिएर सुरु गरे सप्ताहव्यापी कार्यक्रम