विगतमा जस्तै यो वर्ष पनि एच आर मिट सम्पन्न भएको छ। दुई दिन चलेको सम्मेलनमा विभिन्न सेसनहरू चलाइएका थिए। यस वर्ष ७ वटा विधामा पुरस्कार प्रदान गरिएको थियो।

यसमध्ये ६ वटा पुरस्कार प्रतिष्ठान विधामा र एउटा व्यक्तिगत विधामा थियो। विभिन्न विधामा पुरस्कार पाउने प्रतिष्ठानहरूमा नविल बैंक, युनिलिभर नेपाल, डावर नेपाल, नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरी नेपाल, रिलायन्स स्पिनिङ मिल्स र एनसेल एक्जिटा नेपाल रहेका छन्। यस्तै व्यक्तिगत विधामा शशीन जोशीलाई पुरस्कृत गरिएको थियो।यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो