बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही विजयी भएको छ ।
आइतबार क्वाटरफाइनल अन्तर्गत भएको खेलमा टाइब्रेकरमा रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरले बागमती युथ क्लब सर्लाहीलाई ४-२ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको पहिलो हाफमा बागमती युथ सर्लाहीका तर्फबाट अभी लामाले एक गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफमा रिगलका तर्फबाट स्टिफन समीरले जवाफमा एक गोल फर्काए । त्यसको केहि समय पछि फेरी बागमती युथ सर्लाहीका तर्फबाट अनिल राना मगरले गोल गर्दै खेललाई २-१ को अग्रतामा पुर्याएता पनि रिगलको तर्फबाट स्टिफन समीरले पुनह अर्को गोल गर्दै खेललाई बराबरीमा पुर्याए । निर्धारीत समयमा २-२ गोलको बराबरीमा सकिएकोले खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा बागमती युथ क्लब सर्लाहीले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई ४-२ गोल अन्तरले पराजित गर्दै विजयी भयो।
खेलको म्यान अफ द म्याच बागमती युथ क्लब सर्लाहीका तर्फबाट गोलरक्षक रोनक चौलाागाईं घोषित भएका छन् ।

जितसँगै बागमती युथ क्लब सर्लाही सेमिफिनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल अन्तरगत भोली सोमबार त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।
प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
























प्रतिक्रिया दिनुहोस्