बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।

सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो।

आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्।
उनले १ हजार ४ सय ४२ मत पाएका छन् । जम्मा ३ हजार २ सत ८६ मत खसेको थियो ।

उनको प्रतिद्धन्दिर हेका एमालेका उम्मेदवार उत्तम पौडेलले १ हजार ३ सय ११ राप्रपाका सुजन शाहीले ४ सय १४ मत प्राप्त गरेका थिए ।
निवर्तमान अध्यक्ष न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सदस्यहरुमा नेकपा एमालेका रामकृष्ण अधिकारी १३०० र सोनाम सिं ब्लोन १२३३ मत प्राप्त गरेर विजयी भएका छन् ।
महिला सदस्यमा नेकपा एमालेको मनु दाहालले १३५२ र दलित महिला सदस्यमा नेकपा एमालेकी ईश्वरी विश्वकर्मा १४६४ मतले विजयी भए।